ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लामा प्लस टु कक्षा सञ्चालनार्थ देउसी खेलेर रकम संकलन


admin
१० कार्तिक २०७४, शुक्रबार   १ : ०९   बजे

जुम्ला, १० कात्तिक । तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले प्लस टु कक्षा सञ्चालनका लागि देउसी भैलो खेलेर रु २५ लाख १२ हजार संकलन गरेका छन् ।

जुम्लाकै अति दुर्गम क्षेत्रमा अवस्थित साविकको प्रस्तावित कालिका माध्यमिक विद्यालयलाई प्लस टु मा स्तरोन्नति गर्न विद्यालयको नेतृत्वमा त्यहाँका समुदायले सामूहिक देउसी भैलो खेलेका हुन् । तिहारमा खेलिएको देउसीबाट रू २५ लाख ४२ हजार संकलन भएको साविकको ताम्ती गाविस वडा नं ७ का स्थानीय समुदायका अगुवा मानबहादुर शाहीले जानकारी दिनुभयो ।

दुर्गम बस्तीका विद्यालयलाई प्लस टु कक्षा सञ्चालन गर्न अनुमति नदिएकले विद्यार्थीले उच्च शिक्षाका लागि अन्य गाविस÷गाउँपालिका चाहार्नुपर्ने बाध्यताबाट मुक्त गराउन देउसी खेलेर रकम संकलन गर्नुपरेको देउसी संयोजन समितिका संयोजक जीवन शाहीले जानकारी दिनुभयो । “शिक्षा क्षेत्रमा सबैलाई सहयोग गर्न अनुरोध गरेपछि समुदायबाट पनि सहयोग भएको छ”, उहाँले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरतबहादुर शाहीले १० कक्षासम्म अनुमति पाएको विद्यालयमा हालसम्म मावि दरबन्दी नरहेकाले समुदायले नै छजना निजी शिक्षकलाई तलब खुवाउँदै आएको बताउनुभयो । दश जोड दुई कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसी खेल्ने कुरा सार्वजनिक गरेपछि स्थानीयवासीले दिल खोलेर रू ११ हजार र सोभन्दा माथि दान दिएको उहाँले बताउनुभयो ।

“यत्रो रकम उठ्ला भन्ने सोँचेकै थिइएन, गाउँका सामान्य मान्छेले हजारौँ रुपैयाँ दिएपछि म आफैँले पनि रू एक लाख ११ हजार १११ दिएँ”, अध्यक्ष शाहीले भन्नुभयो । स्थानीयवासी धनबहादुर शाहीले सबैभन्दा बढी रकम रू एक लाख १३ हजार दान दिनुभएको थियो ।

शिक्षाका लागि सर्वसाधारण सक्रिय हुँदा राज्यका निकाय जिल्ला शिक्षा कार्यालय र गाउँपालिकाले बेवास्ता गरेको गुनासो गर्दै अध्यक्ष शाहीले समुदायसँग सहकार्य गरेर विभिन्न सार्वजनिक कामबाट विद्यालय सञ्चालन गर्नु परेककाले दुर्गमका बासिन्दाको समस्या बुझ्न राज्यको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रधानाध्यापक मानबहादुर शाहीले शिक्षा क्षेत्रका लागि समुदायका व्यक्तिले मनै खोलेर सहयोग गरेको जनाउनुभयो । उहाँका अनुसार देउसीमा नगद मात्र नभएर जिन्सी पनि प्राप्त भएको छ । जसमा २१ भेडा, छ लिउ र चार कम्बल रहेको उहाँको भनाइ छ । उक्त विद्यालयमा हाल ४४२ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Administration Proposes Permanent Fee Hike for H-1B Work Visas

Lindsey Graham’s Sister Faces Scrutiny in South Carolina Senate Runoff

Russian Chess Teams Barred From 2026 Olympiad

Russia-UK Relations Plummet as Ambassador Returns Home Amid Ukraine Conflict

German Opposition Party Calls for End to Schengen Agreement After Ceuta Migrant Influx

Video Shows Hundreds Abducted From Nigerian Mosque

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu