ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्षदेखि आठ वर्षीय छोरालाई सिक्रीमा बाँधिएर दैनिकी गुजार्दै


एबीसी न्यूज
६ श्रावण २०७६, सोमबार   १ : ५८   बजे

 

काठमाडौं, ६ साउन । आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्ने मन कुन आमालाई होला र तर यहाँका एक आमालाई आफ्नो आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर घरमा राख्ने र कामकाजका लागि अन्यन्त्र जानुपर्दा सिक्रीमै बाँधेर डो¥याउँदै लैजानुपर्ने बाध्यता रहेको छ ।

आफ्नो आठ वर्षीय छोरा शिवलाई विगत चार वर्षदेखि सिक्रीमा बाँधी डो¥याएर लैजाँदै गर्दैमा पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहा जोगीथुमकी पार्वती कुमालको दैनिकी बितेको छ । शिव जन्मेर जान्ने बुझ्ने भएदेखि नै सिक्रीमा बाँधिएका छन् । आफ्नो उमेरका बालबालिका विद्यालय जाँदा शिवले भने सिक्रीमै जेलिएर घरकै पिढिमा बसेर दिन बिताउने गर्छन् ।

“आफूले जन्म दिएको सन्तानलाई नचाहदा नचाहँदै पनि पशुसरह नै बाँधेर राख्न विवश छु, छोड्यो भने भागेर हिँड्ने, आँगनमा गएर आगो चलाउने जस्ता कार्य गर्न पुग्छन्”, आमा पावर्तीले भावुक हुँदै भन्नुभयो, “घर वरपर धेरै चक चक गर्ने, बिठ्याइ गर्ने, उत्तिखेरै भागेर टाढा टाढासम्म जाने गर्छ, त्यही भएर यसरी बाँधेर राख्न बाध्य भएकी छु ।”

“शिव बोल्न सक्दैनन् तर आफन्तलाई भने चिन्न र पहिचान गर्न सक्छन्”, उहाँले भन्नुभयो, “गरीबका लागि उपचार खर्च जुटाउनसमेत समस्या रहेछ ।” छोराको उपचारका लागि तानसेनको लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा लगे पनि कुनै सुधार नभएको तर आफूसित आर्थिक अभाव भएका कारण अन्यत्र राम्रो अस्पतालमा लैजान नसकिएको उहाँले बताउनुभयो । पार्वतीको तीन छोरामध्ये शिव माइला सन्तान हुन् । जेठो कक्षा ५ र कान्छो शिशु कक्षामा पढ्ने गर्छन् । तर घर नजिकै कालिका आधारभूत विद्यालय भए पनि शिव पढ्न जाँदैनन् । विद्यालयमा कुनै कार्यक्रम भएका बेला आमा पार्वतीले शिवलाई सिक्रीले डो¥याउँदै जानुहुन्छ र कक्षा कोठाभित्रै बाँधेर राख्छिन् । कालिका आधारभूत विद्यालयका शिक्षक सुरेश कुमालले भन्नुभयो, “शिव एक दुई दिन विद्यालय आए तर अरु साथीलाई समस्या दिन थालेपछि उनको अभिभावकले विद्यालय पठाउन मानेनन् ।”

मानव सेवा आश्रम बुटवलले उपचार तथा आनीबानी सुधारका लागि शिवलाई सुधार केन्द्रमा पु¥याइएको छ । आमाको सहमतिमा शिवलाई राम्रो बनाएपछि पुनःपरिवारलाई नै हस्तान्तरण गर्ने गरी आश्रममा लगिएको संयोजक सरु अधिकारीले बताउनुभयो ।

पार्वती कुमालको जस्तै पीडा वेदना भएका धेरै महिला गाउँमा छन् । गाउँका हरेकजसो घरमा अपाङ्गता भएका व्यक्ति छन् । जुनिकला कुमालको परिवारमा पाँच सन्तानमध्ये तीन सन्तान अपाङ्गता भएका छन् । जोगिथुममा ७० घरपरिवार कुमाल समुदायकाको बसोबास छ । त्यहाँ ५० भन्दा बढी अपाङ्गता भएका व्यक्ति छन् । न्यून दृष्टियुक्त भएका व्यक्ति, शरीरको आधा भाग नचल्ने व्यक्ति र मानसिक सन्तुलन गुमाएका लगायत विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्ति छन् । यति धेरै एकै गाउँमा अपाङ्गता व्यक्ति हुनुबारे अध्ययन अनुसन्धान भने हुन सकेको छैन । एक घरमा तीनदेखि पाँच जनासम्म अपाङ्गता भएका व्यक्ति छन् ।

गर्भवती अवस्थामा चुरोट, मदिरा सेवन गर्ने गरेको महिला बताउँछन् । गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा नै नगएको पाइएको छ । हिन्दू संस्कारअनुसार हाडनातामा बिहेवारी गर्नु हुँदैन भन्ने परम्परा रहे पनि यस गाउँमा हाडनाता विवाह पनि चल्छ ।

नियमित विद्यालय जाने बालबालिकाको दरमा कमी आए पनि गाउँकै कालिका आधारभूत विद्यालयले दिवा खाजा व्यवस्थापन गरेपछि कुमाल समुदायका बालबालिका विद्यालय जान थालेका छन् । विद्यालयमा अध्ययनरत १२२ विद्यार्थीमध्ये १५ विद्यार्थी अपाङ्गता रहेको प्रधानाध्यापक सुरेश कुमालले बताउनुभयो । “पहिला विद्यालय आउने बालबालिका कम हुन्थे, दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय आउन थालेका छन्”, प्रअ कुमालले भन्नुभयो ।

दश जना अपाङ्गता परिवारलाई काठमाडौँ बस्ने वासुदेव केसीको परिवारले नियमित खाना र खाजाका लागि मासिक रु दुई हजारका दरले एक वर्षका लागि दुई लाख ४० हजार रकम सहयोग गर्नुभएको छ ।

केसीले यहाँका पार्वती कुमाल, शिव कुमाल, सुमित्रा कुमाल, बले कुमाल, बमबहादुर कुमाल, चन्द्रबहादुर कुमाल, ससबहादुर कुमाल, कान्ती कुमाल, निमकला कुमाल, जीवलाल कुमाललाई सहयोग गर्नुभएको हो । कुमारी बैंकमार्फत प्रत्येक महीना दुई हजारभन्दा बढी रकम झिक्न नपाइने गरी अपाङ्गता भएका परिवारको संरक्षकका नाममा खाता खोली सहयोग रकम उपलब्ध गराएको केसीले बताउनुभयो ।

“गाउँमा अपाङ्गता भएका व्यक्तिको अवस्था अत्यन्तै दयनीय देखेर खाना र खाजाका लागि आर्थिक रकम सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो । मदिरा सेवन सामान्य मानिने यो समुदायमा हरेक परिवारका सदस्य कुनै न कुनै अपाङ्गताको शिकार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group