ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्यु भएको भन्दै घट लगेको व्यक्ति अस्पताल भर्ना


एबीसी न्यूज
८ श्रावण २०७६, बुधबार   ८ : १७   बजे

काठमाडौं, साउन ८ ।  मृत्यु भएको भन्दै घाट पुर्याएको व्यक्ति ज्यूदै फर्किए भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नुपर्दैन जिल्लाको रैनादेवी गाउँपालिका १ सिद्देश्वरमा घाटमा लगिएकी एक महिला ज्यूदै फर्किएकी छन् ।

केही समय अघि झाडापखला लागेर युनाइटेड मिसन अस्पताल भर्ना भएकी सिद्देश्वरकी ३६ वर्षकी नर्मता ज्ञवाली ज्युदै भएपछि अहिले उनलाई अस्पताल भर्ना गरिएको छ ।

ज्ञवालीलाई सोमबार दिउसो आफ्न्ताको आग्रहमा अस्पतालले डिस्चार्ज दिएको थियो । डिस्चार्ज पछि आफ्न्ताले एम्वुलेन्समा राखेर रिडी घाटमा लगेको वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए । उनका अनुसार आफ्न्ताले आधा घण्टापछि अक्सिजन झिकेपछि विरामीको मृत्यु भएको हल्ला भएको र उनको खुट्टा जलमा डुवाएर राखेपछि आफ्न्ताहरु चिताको तयारीमा लागे, केही समयपछि उनी चल्न, कराउन थालेपछि तत्कालै त्यँहीबाट स्थानीय स्वास्थ्य चौकी पुर्याएको थियो । ज्ञवालीलाई स्थानीय स्वास्थ्य चौकीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लैजान भनेपछि आफ्न्ताले एम्वुलेन्समा राखी लुम्विनी मेडिकल कलेज प्रवास पुर्याएको थिए । उनको अहिले एलएमसीमा उपचार भइरहेको छ ।

यस्तो भन्छन् ‘एम्बुलेन्स चालक’

मोहनीलाल कुँवर एम्बुलेन्स चालक हुँ । पूर्वखोलाको सुत्केरी लैजान लागेको थिए । उहाँहरुले हाम्रो विरामी लगिदिनुस् भन्नुभयो । कहाँ जाने हो भन्दा सिद्देश्वर भन्नुभयो । कुन बाटो भन्दा खानी जाने बाटो भन्नुभयो । खाल्टाखुल्टी छ त्यो बाटो अहिले जान सक्दैन भने । उहाँहरुले मनभागसम्म छोडिदिनुहोस भन्नुभयो ।

घर कहाँ भनेर सोधें, पारिपट्ट घर छ भन्नुभयो । दुईवटा अक्सिजन सिलिन्डर बोकेर गइयो । सिरुखर्क पुगेपछि एक जना बुढो मान्छेले फोन गर्नुभयो । बिरामीले एक डेढ घण्टामा छोड्छ भनेर फोन गर्नुभयो । रिडीको पुल नजिक पुगेपछि मैले सोधे सरासर जाने होला क्यारे । उहाँहरुले हैन अर्ध जलमा लैजाने भने ।

अनि गुल्मी तिरको घाटमा लगे । पानी पर्न खोजेको थियो । आफैले अक्सिजन बन्द गरे । तपाईंहरुले अक्सिजन बन्द गर्नुभयो । अब बिरामी एम्बुलेन्समा मर्छ । यस्तो काम गर्न मिल्दैन भनेर मैले भनें । बिरामीलाई पाल्पा तिरको घाटमा ल्याएर झारे । प्रहरी आयो । बिरामी ल्याएको हो कि लास ल्याएको भनेर प्रहरीले सोध्यो । प्रहरीले उहाँहरुको नाम नम्बर टिप्नुभयो । महिलाहरुले मानेका थिएनन् । मान्छे मर्न कहाँ छ कहाँ छ दाउरा र घाट भनेर महिलाहरुले गाली गरेका थिए । मान्छे नमरी गाउँले आ ओ भन्ने, दाउराको जोहो गर्ने भनेर महिलाले गाली गरिरहेका थिए । एक हजार आठ एम्बुलेन्स चार्ज र पाँच सय अक्सिजनको चार्ज काटेर हिंडे । म तानसेन फर्किए ।

झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटुको समस्या देखिएको थियो । मुटुको बिरामी भएको थाहा भएपछि ‘पैसाको अभाव छ’ भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दबाब दिएको मिशन अस्पताल तानसेनले जनाएको छ ।

अस्पतालकै एम्बुलेन्समा अक्सिजन लगाएर बिरामीलाई घर पठाएको अस्पतालको प्रतिक्रिया छ । मिशन अस्पतालका अनुसार उनका श्रीमान सूर्यचन्द्र कँडेल, छिमेकी भानुभक्त भट्टराई, ओम पौडेल र थानेश्वर कँडेलले अस्पतालबाट बिरामी बुझेका हुन् ।

युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट काटिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो

प्यानल छाडेर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढी प्रभावित स्थानीय तहलाई ६ करोड ७५ लाख राहत

रसुवा बाढी : मकवानपुरका ६१ जना अझै सम्पर्कविहीन, ६ जना सम्पर्कमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो

भोटेकोसी बाढी प्रभावित स्थानीय तहलाई ६ करोड ७५ लाख राहत

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सक्रिय हुन रास्वपा सभापति लामिछानेको निर्देशन

प्यानल छाडेर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu