ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बजार स् नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो


एबीसी न्यूज
२२ श्रावण २०७६, बुधबार   ५ : १०   बजे

काठमाडौँ, २२ साउन । धितोपत्र बजारमा केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २।७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । आज कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक १.३२, जलविद्युत् २०.९५ अङ्कले ओरालो लाग्दा सामूहिक लगानी कोषको शेयर ०.०३ अङ्कले घटेको छ ।

बैंकिङ २.९६, व्यापार ६।९५, होटल १९.४२, वित्त २.०५, निर्जीवन बीमा २२.०३, उत्पादन १०.३९, अन्य २.३२, लघुवित्त २२.५५ र जीवन बीमा उपसमूहको शेयर २६.०३ अङ्कले बढेको छ । स्टकका अनुसार आज कृषि विकास बैंकको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु चार करोड ४५ लाख ९७ हजार २६१ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु दुई हरोड ३६ लाख ८१ हजार १४१, नेपाल बैंक लिमिटेड रु एक करोड ९६ लाख १५ हजार ६४७, प्रभु बैंकको रु एक करोड ६७ लाख २२ हजार १७४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ५४ लाख १४ हजार ६७१, स्ट्यार्डड चार्टर बैंकको रु एक करोड २८ लाख ६८ हजार ७४६ र शिवम् सिमेन्ट्सको शेयर रु एक करोड छ लाख ३३ हजार २५६ को कारोवार भयो ।

परिसूचक बढेपनि सान्जेन जलविद्युत् कम्पनीका शेयरधनीले ९।९६ प्रतिशतले गुमाए । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनी ९.८८, एनआइविएल प्रगति फण्ड ३.८२, अपी पावर कम्पनी ३.६७, नविल इक्विटी फण्ड २.८७ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले २.२३ प्रतिशतले गुमाए । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेृयरधनीले १० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९.८८, स्पर्श लघुवित्त वित्तीय संस्था ८.१५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ७.४८, साल्ट टे«डिङ कर्पोरेशन ६.९० र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६.७१ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group