ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत सामग्री बितरणमा मनोमानी गरेको जिकिर


एबीसी न्यूज
२२ श्रावण २०७६, बुधबार   ५ : ४४   बजे

काठमाडौँ, २२ साउन । जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले राहत सामग्रीमा अनियमितता गरेको भनेर आफूलाई लागेको आरोपको खण्डन गर्नुभएको छ । प्रदेशसभा सदस्य मोहनकुमार खड्काले राहतमा अनियमितता गरेको भन्दै यही साउन १७ गते प्रशासनमा उजुरी दिनुभएको थियो ।

प्रदेशसभा सदस्यले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई विवादमा तानेको भन्दै प्रमुख श्रेष्ठले आरोपको खण्डन गर्नुभएको हो । कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै उहाँले कमजोरी भए कारवाही भोग्न तयार रहेकाले आरोप प्रमाणित गर्न चुनौती दिनुभयो ।

विसं २०७४ माघ ११ गतेको जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय र सोहीअनुसार जिल्ला प्रशासन कार्यालयको चलानी नम्बर ११२३ को पत्रअनुसार जिससले निर्णय गरेर राहत सामग्री वितरण गरेको प्रमुख श्रेष्ठको दाबी छ । जिससले दिएका तारजाली र राहत सामग्रीका बारेमा जिससले आन्तरिक अनुगमन गरेर सार्वजनिक गर्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।

स्थानीय सडक सुधार तथा जीविकोपार्जन कार्यक्रम मातहतका सामग्रीका बारेमा जानकारी नभएको जिससले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रदेश नं १ का अर्थसमिति सभापतिसमेत रहनुभएका खड्काले जिल्ला समन्वय समितिविरुद्ध प्रशासनमा मुद्दा दिनुभएको थियो । मुद्दामा जिल्लाको विभिन्न ठाउँमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढङ्गले बाँडिएको विषयमा छानविन गरी दोषीउपर कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपछि पाँच जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार केन्द्रित

केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu