ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस युनियनको महाधिवेशन मङ्सिर २८ र २९ गते


एबीसी न्यूज
२२ श्रावण २०७६, बुधबार   ७ : ४१   बजे

काठमाडौँ, २२ साउन । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा हुने भएको छ ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि आगामी भदौ मसान्तसम्म बाँकी रहेका जिल्ला र प्रतिष्ठान शाखालाई अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

युनियनले हालसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । युनियनका डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा जिल्ला शाखा छन् भने काठमाडौँ र कैलालीमा उपशाखा तथा सात प्रतिष्ठान शाखा रहेको महासचिव शिवाकोटीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले युनियनको केन्द्रीय सल्लाहकारमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य, युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समीरजङ्ग शाह र वरिष्ठ पत्रकार कविर राणालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले दुवै मिर्गौला फेल भई उपचाररत युनियनका ललितपुर शाखा संस्थापक अध्यक्ष बटुकृष्ण कार्कीको उपचारका लागि सक्दो सहयोग गर्न सबै शाखाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group