ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्दिनँ– मुख्यमन्त्री पौडेल


एबीसी न्यूज
२३ श्रावण २०७६, बिहिबार   ४ : ४३   बजे

काठमाडौं, २३  साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । प्रदेशको स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेले बताएका छन् । राजधानीको नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउन नहुने जिकिर गरे ।

प्रदेश ३ को नाम र राजधानी सुन्न पाइने दाबी गर्दै घरपायकका आधारमा राजधानी रहँदैन । मैले चाहेर हुने भए त स्वाभाविकरुपमा हेटौंडामा हुनुपर्छ भनौंला । किनभने, मेरो घर त्यहीँ छ, मैले बाहिर भन्न अलि मिल्दैन । त्यसैले राजधानीजस्तो विषयलाई मैले भनेर त हुने हैन, हामी दुईरचार जनाले भन्नुभन्दा पनि सिंगो यो मुलुकको नेतृत्व गर्ने राजनीतिक पार्टीहरुको वीचमा एउटा सहमति भयो भने हुन्छ । किनभने यो त दीर्घकालीन प्रभाव पार्ने, दीर्घकालीन असर पार्ने कुरा हो ।

अहिले काठमाडौंका मान्छेलाई काठमाडौंमा हुँदा राम्रो । नजिकको हिसाबले सबै राम्रो होला । तर, के भने त्यसको व्यवस्थापकीय हिसाब र अरु हिसाबले पनि, संघीय व्यवस्थालाई व्यवस्थापन गर्ने हिसाबले पनि राजधानी काठमाडौंमा हुँदैन र काठमाडौंभन्दा बाहिर जानुपर्छ भन्ने मेरो मान्यता हो ।तर, यसो भनेर मैले यहीँ नै हुनुपर्छ त भनिनँ । किनभने त्यसको संविधानले नै व्यवस्था गरेको छ । मेरो व्यक्तिगत इन्ट्रेष्टका आधारमा राजधानी रोकिएको हैन । हामी यसलाई अगाडि बढाउँछौं तपाईहरु सबैले केही दिनभित्र अब राजधानीको नाम र स्थायी राजधानीको ठाउँ पनि सुन्न पाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu