ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामचोर प्रवृत्ति नदेखाउन मन्त्रीको निर्देशन


एबीसी न्यूज
२४ श्रावण २०७६, शुक्रबार   ४ : १७   बजे

काठमाडौँ , २४ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज चालू आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने गतिविधिका सम्बन्धमा द्विपक्षीय सम्झौता भएका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालका बीचमा समेत आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित पूँजीगत खर्च तथा कार्यक्रम तोकिएकै समयमा सम्पादन गर्न सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओलीले मन्त्री खनालसँग सम्झौता गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समयमा नै सम्पादन गर्न र कृषि अनुदानलाई पारदर्शी रुपमा वितरण गर्न निर्देशनका साथै मन्त्री खनालसँग लिखित सम्झौता गर्नुभएको थियो ।

सोही कार्यक्रमलाई आज निरन्तर प्रदान गर्दै मन्त्री चक्रपाणि खनाल र सोही मन्त्रालयका कृषि विकास सचिव डा युवकध्वज जिसी, पशुपन्छी विकास सचिव प्रकाश माथेमा एवं कृषि अनुसन्धान परिषद् नार्क का निर्देशक डा टेकबहादुर गुरुङबीच दुई पक्षीय सम्झौता भएका छन् ।

मन्त्रालयले कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका सहसचिव डा गोविन्दप्रसाद शर्मा योजना तथा विकास समन्वय महाशाखाका सहसचिव तेजबहादुर सुवेदी, प्रशासन महाशाखाका सहसचिव रघुराम विष्ट बीचमा पनि आजै कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

त्यसैगरी कृषि विभागका महानिर्देशक डा सूर्यप्रसाद पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्य, खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा तथा कृषि विकास महाशाखाका प्रमुख डा हरिबहादुर केसीसँग कृषि विकास सचिव डा युवकध्वज जिसीले सम्झौता गर्नुभएको छ ।

पशुपन्छी विकास सचिव प्रकाश माथेमा र पशु स्वास्थ्य महाशाखाका सहसचिव डा किसनलाल भट्ट, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सहसचिव विमलकुमार निर्मल र पशुसेवा विभागका महानिर्देशक डा वंशी शर्माबीचमा समेत कार्यसम्पादन सम्बन्धमा लिखित सम्झौता भएको छ ।

सम्झौतापछि सचिव तथा विभिन्न विभागका विभागीय प्रमुखलाई मन्त्री खनालले कुनै पनि बहानामा कार्यसम्पादन सम्पन्न गर्न र ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group