ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी स्रोत दुरुपयोग गरेको अभियोग मुद्दा


एबीसी न्यूज
२४ श्रावण २०७६, शुक्रबार   ७ : ४९   बजे

काठमाडौं, २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र द्वन्द्वको समयमा ज्यान गुमाएका व्यक्तिको नाममा गलत कागजात बनाई सरकारबाट प्राप्त राहत रकम दिलाउन सहयोग गरेको अभियोगमा दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन बदालकोट गाविस सचिव पदमा कार्यरत हाल दैलेख भैरवी गाँउपालिका–३ को वडा सचिव खरिदार गणेशप्रसाद रिजाल र गलत कागजात बनाई सरकारी राहत रकम लिने स्थानीय कुलबहादुर शाहीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

हाल खाडाचक्र नगरपालिका ११ बस्ने शाहीले एकै व्यक्ति निजको छोरी किस्मताकुमारी शाहीको विगत द्वन्द्वकालमा मृत्यु भएकोमा फरक फरक नामबाट सिफारिश बनाई राहत लिएको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार शाहीलाई मृतक र सुनिता शाहीलाई बेपत्ता नागरिक भनी एकै व्यक्तिलाई दुई जना बनाएर झुठ्ठा नाता प्रमाणित गरी राहत रकम लिएको पाइएको छ ।

गलत कागजात बनाउन तत्कालीन गाविस सचिव रिजालको हात रहेको पाइएको आयोगले जनाएको छ । आयोगले आरोपीद्वयलाई रु दश लाख बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई रु नौ लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

सडक स्तरोन्नतिका लागि सम्झौता भई काम शुरु गर्नका लागि पेश्की निकासा गरेबापत जीएसआर निर्माण सेवा कास्कीका सञ्चालकसँग घुस माग्दै गरेको अवस्थामा डिभिजन सडक कार्यालयको सरकारी निवासबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

उनीहरुलाई बिहीबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोगले जनाएको छ । आरोपीहरुको अनुसन्धान भइरहेको छ । यस्तै आयोगले पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई रु छ लाख ७५ हजार घुससहित पक्राउ गरिएको छ ।

सो विश्वविद्यालयअन्तर्गत काठमाडौँका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको समस्यामा समाधान गरिदिने भन्दै घुस माग्दै गरेको अवस्थामा आयोगले शेर्पा मलबाट पक्राउ गरेको हो । आरोपी कोइरालालाई बिहीबार पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group