ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोबाइल र इन्टरनेटले घट्यो हुलाकको प्रभावकारिता घट्दै


एबीसी न्यूज
२५ श्रावण २०७६, शनिबार   १ : ५५   बजे


काठमाडौं,  २५ साउन  । पत्र आदानप्रदान लगायतका काममा लामो इतिहास बोकेको हुलाक सेवाको आजभोलि प्रभावकारिता घट्दै गएको छ । इन्टरनेट तथा विभिन्न सञ्चार माध्यमको विकास र बढ्दो प्रयोगसँगै हुलाक सेवाको प्रभाकारिता घट्दै गएको हो ।

अहिले सूचना प्रविधिले विश्वलाई साँघुरो बनाइसकेको छ । सूचना/प्रविधिको विकासले फड्को मार्दै जाँदा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ । शहरदेखि गाउँगाउँसम्म टेलिफोन, इन्टरनेट, फ्याक्स हुँदै अहिले आएर सबैको हातहातमा मोबाइल फोन भएपछि मानिसहरुको हुलाकप्रतिको लगाव घट्दै गएको हो ।

फेसबुक च्याट, भाइबर, स्काइपबाट प्रत्यक्षरुपमा कुराकानी गर्न सकिने हुँदा हुलाकको प्रभावकारिता घटेको बताइन्छ । केही वर्ष अघिसम्म सूचना आदानप्रदानको महत्वपूर्ण माध्यम मानिने हुलाकसँग अहिले न्यून मात्रामा सेवाग्राही छन् । पछिल्लो पिँढीका कतिपयले त हुलाक भनेको के हो, भन्ने पनि थाहा पाउदैनन् । घरायसी तथा व्यक्तिगत चिठीपत्र पठाउँने काम ह्वात्तै घटेपछि अहिले सरकारी कार्यालयको चिठीको भरमा रुकुम ९पूर्व० को इलाका हुलाक कार्यालय सञ्चालन भइरहेको छ ।

केहीवर्ष अघिसम्म रुकुम पूर्व मा हुलाकको निकै महत्व मानिन्थ्यो । भौगोलिक विकटताले पछि परेको जिल्ला रुकुम पूर्व मा रेडियो, एफएम बढी सुनिन्थ्यो । पहिले मानीसहरुले इलाका हुलाक कार्यालय रुकुमकोटबाट रुकुम, रोल्पा, सल्यान, जाजरकोट, सुर्खेत लगायत विभिन्न ठाउँका रेडियोहरुमा कार्यक्रमको लागि रचना, सन्देश, सल्लाहसुझाव हुलाकमार्फत नै पठाउँने गरेको इलाका हुलाक कार्यालय रुकुम पूर्व का हल्कारा ऋषिराम आचार्यले बताउनुभयो । सुचना आदानप्रदानको लागि रुकुमकोट इलाका हुलाक कार्यालय गाउँ अनि शहर, स्वदेश अनि विदेश, एक अनि अर्काको सेतु बनेको थियो ।

पाँच/सात वर्ष अघिसम्म महीनामा दुई हजार चिठीपत्र आउने गरेकोमा अहिले ५०/६० वटा मात्र हुलाकमार्फत आउने गरेको हल्कारा आचार्यले बताउनुभयो ।

सङ्घीयताले जन्माएको नयाँ तथा प्रदेश नं– ५ को एकमात्र हिमाली जिल्ला रुकुम पूर्व मा रहेको इलाका हुलाक कार्यालय डेढ वर्षदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । २०७४ भदौ ५ गते रुकुम पूर्व ले छुट्टै जिल्लाको मान्यता पाएको थियो । विस्तारै जिल्लामा सरकारी कार्यालयको स्थापना हुँदै गर्दा पहिले इलाका हुलाक कार्यालय बसेको ठाउँमा जिल्ला समन्वय समिति बसेपछि २०७४ चैतदेखि भाडाको घरबाट कार्यसम्पादन गर्न थालेको हल्कारा आचार्यले बताउनुभयो ।

उहाँका अनुसार दुईवटा कोठा भाडामा लिएर कार्य सम्पादन भइरहेको छ । यसको घरभाडा जिल्ला हुलाक कार्यालय रुकुम ९पश्चिम० ले मासिक रु पाँच हजार तिरीदिँदै आएको छ । कार्य सम्पादनको लागि दुईवटा कोठा पर्याप्त नभएको उहाँको भनाइ थियो । कोठा अभावको कारण दर्ता, डाँगफाट, प्रशारण फाट एकै कोठामा सञ्चालन गर्नुपरेको बताउँदै कर्मचारीको पनि अभाव रहेको उहाँले बताउँनुभयो ।

इलाका हुलाक कार्यालयलाई जिल्ला हुलाक कार्यालय बनाउनको लागि सञ्चार मान्त्रालयमा माग गरेको र अहिले विभाग, अर्थमन्त्रालय हुँदै सामान्य प्रशासनमा कुरा चलिरहेको हल्कारा आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group