ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुडासैनी आत्महत्या प्रकरणः सीआईबी टोली चितवनमा


एबीसी न्यूज
१ भदौ २०७६, आइतबार   ८ : ४७   बजे

काठमाडौं, १ भाद्र  । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली चितवन पुगेको छ । अनुसन्धान थप सहयोग गर्न सीआईबीको टोली पनि पुगेको हो ।

सीआईबीबाट प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मी नेतृत्वको टोली गएको हो । ब्युरोका एक अधिकृतका अनुसार घटना संवेदनशील भएकाले टोली पठाइएको हो । स्रोतका अनुसार, पुडासैनीको मोबाइलमा भिडियोसँगै थप केही ‘प्रमाण’ पनि भेटिएको छ, जुन विषयमा अनुसन्धान गर्न प्रहरीभित्र छलफल भएको थियो ।

पुडासैनीले आत्यहत्या गर्नुपूर्व खिचेको भनिएको भिडियो सार्वजनिक भएपछि काठमाडौं र चितवन प्रहरीको टोलीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ । पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरी महानिरीक्षक मातहत रहने सीआईबीले जघन्य प्रकृतिका अपराध अनुसन्धान गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu