ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयलाई रु एक करोडभन्दा बढी सहयोग


admin
१५ कार्तिक २०७४, बुधबार   १२ : ११   बजे

बाबियाचौर, म्याग्दी, १५ कात्तिक ।  बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि रु एक करोडभन्दा बढी सहयोग जुटेको छ ।

तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा रु एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताउनुभयो ।

पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीवासीको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए ।

भवन निर्माणका लागि हङकङबाट रु १७ लाख, अमेरिकाबाट रु १० लाख २५ हजार, स्पेनबाट रु दश लाख, साविकको भकिम्ली गाविसबाट रु दश लाख सहयोग प्राप्त भएको छ ।

व्यक्तिगत रुपमा समेत रु दुई हजारदेखि रु पाँच लाख सहयोग प्राप्त भएको आर्थिक सहयोग समितिले जनाएको छ । स्थानीय बासिन्दाले अन्नबाली बेचेर पनि विद्यालय निर्मार्ण गर्न सहयोग गरेका छन् । भौतिक पूर्वाधारको अभावमा विद्यालयको शैक्षिक गुणस्तरमासमेत असर परेको थियो ।

रु तीन करोड लागत अनुमान गरिएको सो भवनमा स्थानीयवासीले आफ्नो घरायसी र खेतबारीको कामसमेत छाडेर निरन्तर श्रमदान समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताउनुभयो ।

भवन निर्माणसँगै उच्च शिक्षाका लागि आवश्यकपर्ने पूर्वाधार विस्तार गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा दश कोठे पहिलो तला भवनको ढलान सकिएको छ । हालसम्म रु एक करोड ५० लाख खर्च भएको छ । करिब रु ५० लाख ऋण लिएर भवनको कामलाई तीव्रता दिइएको अध्यक्ष पुनले बताउनुभयो ।
उक्त भवनमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब, पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने योजना छ । निर्माणाधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार सहयोग पनि प्राप्त भएको छ ।

कक्षा दशसम्म पठनपाठन हुने उक्त विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group