ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूर पश्चिममा मतदातालाई मत बदरको चिन्ता


admin
१२ असार २०७४, सोमबार   १ : ४७   बजे

 

बैतडी, १२ असार । बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम जिल्लामा प्रभावकारी रुपमा हुन नसकेको गुनासो आएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अत्याधिक मतपत्र बदर भएपछि दोस्रो चरणको चुनावका लागि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन निर्वाचन आयोगले निर्देशन दिएको थियो । तर पनि कतिपय ठाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएको पाइएको छ ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भनिए पनि आपm्नो घरदैलोमा सो कार्यक्रमका लागि स्वयंसेवक नपुगेका स्थानीयवासीले गुनासो गरेका छन् । चुनावी रौनक छाए पनि मतदान गर्नेबारे अहिलेसम्म कसैले नसिकाएको दोगडाकेदार गाउँपालिका– ५ न्वालीका दुर्गा भुलले बताउनुभयो ।

“चुनावमा मतपत्र ठूलो हुन्छ भन्ने सुनेकी छु, मतपत्र नदेखेकाले मत बदर हुने हो कि भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो । यहाँका मतदाताले मतदान कसरी गर्ने भन्ने विषयमा अनभिज्ञ रहेको बताएका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिका–६ पञ्ज्यूनयाँका जैता कार्की आफ्नो गाउँमा मतदान गर्ने तरिका बारेमा कसैले पनि नसिकाएको बताउनुहुन्छ । एउटै मतपत्रमा सातजना उम्मेदवारलाई भोट दिनेबारे उहाँ निकै अन्योलमा हुनुहुन्छ ।

जिल्लामा १७४ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको भए पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको विभिन्न ठाउँका मतदाताले गुनासो गरेका छन् । तर जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँल जिल्लाका सबै स्थानीय तहमा मतदाता शिक्षा स्वयंसेवक पठाएको र मतदान गर्ने तरिकाबारे सिकाएकोे बताउनुहुन्छ ।

“मतदाता शिक्षा नपुगेका मतदाताका लागि आइतबारदेखि मङ्गलबारसम्म मतदाता परिचयपत्र वितरण भइरहेको सम्बन्धित मतदानकेन्द्रमा पनि मतदान गर्नेबारे सिकाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group