ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकलाई होटलभन्दा होमस्टे प्यारो


admin
१६ कार्तिक २०७४, बिहिबार   २ : ५१   बजे

फलेवास, पर्वत, १६ कात्तिक । कतै बास बस्नुपर्दा होटलको खोजी गरिन्छ । तर यहाँ आउने पर्यटक भने होटल छाडेर स्थानीय होमस्टेतर्फ आकर्षित हुने गरेका छन् ।

लुंखुदेउरालीमा आउने पर्यटक स्थानीय होटललाई छाडेर होमस्टेमा बस्ने गरेका हुन् । पाँच वर्षेदेखि सञ्चालित चिसापानी कालिका होमस्टे पर्यटकको आकर्षकस्थल बन्ने गरेको छ ।

महाशिला गाउँपालिका–५ मा यामप्रसाद अधिकारीले सञ्चालन गरेको होमस्टेमा पोखराबाट बढीजसो पर्यटक आउने गरेका छन् । विशेषगरी फलामखानी क्षेत्र, महाशिला, लुंखु–चिसापानी पदमार्ग घुम्न आएका पर्यटक उक्त होमस्टेमा बस्ने गरेका छन् ।

“लुंखुमा थुप्रै होटल छन्, तर पर्यटक बास बस्न चिसापानी कालिका होमस्टे आउने गरेका छन्”, स्थानीयवासी अशोक उच्चै ठकुरीले भन्नुभयो ।

होमस्टे सञ्चालक अधिकारी स्थानीयस्तरमै उत्पादित वस्तुको परिकार तथा आफ्नै घरको जस्तो वातावरण पाएकाले पर्यटक होमस्टे आउने गरेको बताउनुहुन्छ । उहाँले काठमाडौँ र पोखराबाट होमस्टे अध्ययनकै लागि विद्यार्थी आउने गरेका बताउनुभयो । होमस्टेमा बास बस्नेहरु पुनः दोहो¥याएर समेत आउने गरेका छन् ।

“होमस्टेले गाउँमा विभिन्न काम लिएर आउनेलाई बास बस्न सहज भएको छ,” उहाँले भन्नुभयो । होमस्टेकै आम्दानीले घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ । लुंखुदेउराली मात्र हैन घरवास सुविधा भएका चित्रे, आर्थरडाँडाखर्क, लेस्पार, शालिजा, बाँसखर्क, बनौ, लेखफाँटलगायत क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

पारिवारिक वातावरण र स्थानीयस्तरमा उत्पादित अर्गानिक खानेकुराका कारण पनि होमस्टेमा आउनेको सङ्ख्या बढेको आर्थरडाँडाखर्कका होमस्टे सञ्चालक इन्द्र गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu