ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पाको रिब्दीकोट गोलभेंडाको पकेट क्षेत्र बन्दै, एकै सिजनमा करोड बढीको गालेभेंडा निकासी


admin
१९ आश्विन २०७६, आइतबार   १२ : ३९   बजे


पाल्पाको रिब्दीकोट गाउँ पालिका वडा न सात मैनादी गोलभेडाको पकेट क्षेत्रको रुपमा चिनाउदै लगेको छ । यो गाउँबाट यो वर्ष मात्रै एक करोड बढी गोलभेडा निकासी हुने अनुमान किसानहरुले गरेका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका भित्रको मैनादी गाउँका किसानहरु यती बेला गोलभेडा बेच्नमै ब्यस्त बनेका छन । किसानको मेहनतलाई उच्च मुल्याङकन गरेर रिब्दीकोट गाउँपालिकाले गोलभेडा उत्पादन गर्ने किसानलाई नगद अनुदान समेत प्रदान गरेको छ ।

रिब्दीकोट गाउँपालिकाले मैनादीका ४९ जना किसानलाई उत्पादनका आधारमा २ लाख २३ हजार चार सय चार रुपैयाँ अनुदान वितरण गरको छ । यो वर्षको साउन र भदौ महिनामा उत्पादित गोलभेडाको उत्पादनका आधारमा मैनादी कृषि सहकारी संस्थामा आवद्ध ४९ किसानले दुई महिनामा उत्पादित १ लाख ३२ हजार किलोग्राम गोलभेडामा अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताउनुभयो ।

सरकारी अनुदानसंगै मैनादी भित्रका ६० घरधुरीका किसान गोलभेडा खेतीतर्फ आर्कषण देखिएका हुन् । कम लगानी सजिलो र सरल तरिकाबाट सांझ बिहानको मेहनतले मात्र गोलभेडा खेती गर्न सकिने भएकोले यो खेतीमा किसान बढी आर्कषित देखिएका हुन ।

गाउँपालिकाले अब निम्न वर्गीय परिवारलाई सम्वोधन हुने गरी पाँच सय किलो भन्दा कम उत्पादन गर्ने किसानलाई पनि अनुदान व्यवस्था गर्न आवश्यक देखिएको छ । गोलभेडासँग सुन्तला र मासुमा पनि अनुदानको कार्यक्रम ल्याउने गाउँपालिकाको सोच रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषिराम अर्याल बताउंछन् । यस्तो खालको अनुदानले गरीब तथा बेरोजगार यूवाहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउने र कृषि क्षेत्रमा रहेका किसानलाई व्यवसायिक बनाउन सहयोग गर्ने उहाँको विश्वास छ ।

किसानले गोलभडाबाट गाउँ पालिकाको १७ हजारसम्म नगद अनुदान प्रापत गरेका छन् । मैनादी बाट दैनिक उत्पादन भएको गोलभेडा पाल्पा पोखरा, स्याङ्जा, रुपन्देहीमा निकासी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu