ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रविनायक तथा भैरवनाथ जात्रा शुरु


admin
१९ कार्तिक २०७४, आइतबार   १ : ३४   बजे

काठमाडौँ, १९ कात्तिक । झण्डै साढे तीन सय वर्ष पुरानो चन्द्रविनायक तथा भैरवनाथ जात्रा शनिबारदेखि चाबहिलमा शुरु भएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाइन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले सो जात्राको शुरुआत गराएको विश्वास गरिन्छ ।

‘मलजा नकेगु’ भनिने जात्राको पहिलो दिन कुमारकुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइयो । काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक चन्द्रविनायकलाई पशुपतिनाथको छोरा मानिन्छ ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारेले शनिबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरु भएको हो । पूर्णिमाका दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउँछ ।

मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन बिहान अर्थात् आज बिहान चन्द्रविनायक र भैरवनाथको खट उठाइएको जात्रा समन्वय समितिका अध्यक्ष पूर्ण संगतले जानकारी दिनुभयो । “जात्राको दोस्रो दिन आज गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, मटमास, सखरखण्ड, पिँडालु, लड्ड, पेडा र लावा चढाइन्छ, यी चढाइएका चीज प्रसादका रुपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ”, उहाँले भन्नुभयो ।

यसैगरी आज चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गंगाहिटीमा लगेर स्नान गराउने चलन छ । स्नानपछि दुवै खटलाई आज बेलुकी चारुमती बिहारमा लगेर बिसाइन्छ ।

मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् सोमबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकमा घुमाउने गरिएको जात्रा समितिका कोषाध्यक्ष जीतेन्द्र श्रेष्ठले बताउनुभयो । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गरिन्छ ।

मार्ग शीर्ष कृष्ण तृतीयाका दिन बिहान अमालकोट कचहरीका द्वारेले चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । जात्रा सफलतापूर्वक समापन भएको खुशीयालीमा मंगलबार दिनभर चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।

सो जात्राका अवसरमा कलाकार हरिप्रसाद शर्माका प्राचीन र मध्यकालीन उपत्यकाका झाँकी झल्कने चित्रकला पनि शनिबारदेखि प्रदर्शनमा राखिएको छ । प्रदर्शनी जात्राभर अर्थात् मंगलबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सी चिनफिङको कडा सन्देश : ‘अदम्य लडाइँको भावना’ प्रदर्शन गर्न आह्वान

साना तथा मझौला उद्यमीलाई वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकको जोड

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

बागलुङमा पहिरोको उच्च जोखिममा १७ घर, ४४ घर जोखिममा

New Book Details Chaotic Second Term of Donald Trump

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu