ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तन : मानव स्वास्थ्यदेखि कृषिमाथि सम्म नकारात्मक असर(भिडियोसहित)


admin
२२ कार्तिक २०७६, शुक्रबार   १ : १५   बजे

काठमाडौं २२ कात्तिक । जलवायु परिवर्तनको सीधा असर पर्यावरणमा परेको छ ।  पर्यावरणमा परेको असरले कृषिमा नकारात्मक प्रभाव पारेको छ । प्रकृतिमाथि भइरहेको अत्याधिक दोहनले पारिस्थितिक प्रणालीलाई समेत गम्भीर असर पारेको छ । जलायु परिवर्तनलाई रोक्न त सकिदैन तर प्रभावलाई न्यूनीकरण गर्दै गुणस्तरीय उत्पादन र उत्पादकत्व बृद्धि गर्न विज्ञहरुले सुझाएको छन् ।

नेपालको कुल भूभागको खेतीयोग्य जमिन ४१ लाख २१ ह्जार छ । कुल खेतियोग्य जमिन मध्ये ३० लाख ९१ ह्ेक्टरमा मात्रै खेति हुदै आएको छ । कृषि उपज उत्पादन घद्दो छ । आयात वर्षेनी चुलिदो छ । प्रजातन्त्रको पुर्नस्थापनाअघिसम्म नेपालले करिब २५ करोडको चामल निर्यात गर्दथ्यो, तर सत्तरीको उत्तँद्र्धमा आइपुग्दा वार्षिक एक खर्ब कृषिजन्य उपज आयात गर्दै आएको छ । जमिन खण्डिकरणको चरम समस्या छ । स्पष्ट भूनीतिको अभावमा जमिनको वर्गिकरण र व्यवस्थित बन्न नसक्दा, कृषिमा आकाशको मुख ताक्नुपर्छ ।कृषि उत्पादन कमजोर बन्दै गएको हो । यद्यपी सरकारले सन २०३५ सम्म नेपाललाई पूर्णरुपमा खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रक्षेपण गरेको छ । नेपालमा खाद्य र पोषण सुरक्षाको स्थिति सन्तोषजनक छैन । खाद्य वितरणमा असमानता त छ नै । खाद्य सुरक्षाको आंकडा हेर्दा ३३ जिल्ला खाद्यान्नमा सुरक्षित छैनन् । औसतमा एकजना नागरिकलाई २२ सय क्यालोरी आवस्यक पर्छ। तर कर्णाली लगायत जनताले न्यूनतम क्यालोरी प्राप्त गर्न मुस्किल छ । कुल जनसंख्याको २४ प्रतिशत खाद्य गरिबी र ४१ प्रतिशत जनसंख्या न्यूनतम क्यालोरी प्राप्त गर्न सकेका छैनन् । संविधानले खाद्य सुरक्षालाई लिपिवद्ध गरेपनि कार्यान्वयनको पाटो टीठ लाग्दो छ । तर खाद्य सु्रक्षा र पोषणको विषयमा सरकारले काम गरिरहेको सरकारी अधिकारीहरुको दाबी छ ।

प्रकृतिमाथि अत्याधिक दोहनले वातावरणीय सन्तुलनलाई खलल पुराएको छ। प्राकृतिक श्रोत साधनको समुचित दीगो उपयोगको अभावमा पर्यावरणीय संकट झेल्नुपरेको छ । पर्यावरणमा देखा परेको समस्याले जलवायु परिवर्तनले मानव स्वास्थ्यदेखि कृषिमाथि नकारात्मक असर पारेको छ ।भूमिको सीमितता, कृषिमा दुइतिहाइ जनसंख्या संलग्नताको भारको कारण कृषिमा उत्पादकत्व कम छ । प्रतिहेक्टर ३३ सय केजी उत्पादकत्व छ । औद्योगिक तथा सेवा क्षेत्रको विकास हुन नसक्दा कृषिले ठूलो जनसंख्यालाई थेग्नुपर्ने बाध्यता भएकोले नेपालको कृषि आत्मनिर्भर बन्न नसकेको हो । इजरायलको कुल जनसंख्याको १ प्रतिशत कृषिमा संलग्न छ । १ प्रतिशत जनसंख्याले गरेको कृषिमा परिवर्तनबाट विश्वबजारमा निर्यात गर्दछ। त्यस्तै क्षेत्रफलको हिसाबले भारतभन्दा झन्डै ८० गुणाले सानो रहेको नेदरल्यान्डले कृषि उत्पादन निर्यातमा अग्रस्थानमा छ ।

पंूजी, अनुसन्धानयोग्य मानव संसाधन र प्रविधिको अधिकतम परिचालनबाट मात्रै कृषिमा सुधार ल्याउन सकिन्छ । तर ६ दशक लामो कृषिमा नीतिगत प्रयास भएपनि कृषि समस्यामा गुज्रीरहेको छ । नेपालको संविधान २०७२ को भाग ३ धारा ३६ मा खाद्यसम्बन्धी हकको व्यवस्था गरिएको छ भने धारा ५१ को राज्यका नीतिहरूमा कृषि तथा भूमि नीतिको व्यवस्था गरिएको छ । तर संविधानमा लेखेर मात्रै गुणस्तरीय खाद्य संभव नभएकोले नीति कार्यक्रम, योजना र कार्यान्वनको बीचको तालमेल जरुरी छ । सामाजिक आर्थिक र वातावरणीय पक्षको ख्याल गर्दै गुणस्तरी खाद्य उत्पादनमा जोड दिनुको विकल्प छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group