ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिथिलाञ्‍चलमा सामाचकेवाको यस्तो रौनक (भिडियोसहित)


admin
२४ कार्तिक २०७६, आइतबार   १२ : ५८   बजे

जनकपुरधाम, २४ कात्तिक । मिथिलाञ्चल क्षेत्रमा अहिले सामाचकेवाले रौनक छाएको छ । मिथिलाञ्चल क्षेत्रले आफ्नो धर्म संस्कृतिको संरक्षणकालागि पर्वहरुको आड लिएको समेत देखिन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा सधै कुनै न कुनै पर्वको रमझम रहेकै हुन्छ । यसै क्रममा अहिले तराईबासीले स–साना माटाका आर्कषक मुर्तिहरू बनाई मनाइने सामाचकेवा पर्व मनाईरहेका छन् ।

कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भएको सामाचाकेवा पर्व १० दिनसम्म मिथिलाञ्चलका चेलीबेटीहरुले मनाउने गर्छन् । कार्तिक शुक्ल पूर्णिमा सम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरु संगै सामा चकेवा पर्व मनाउने गर्छन् । सामाचकेवा पर्वलाई भाई बहिनी बिचको अगाध प्रेमको प्रतिकको रुपमा लिइन्छ । सामाचकेवा लोक नाटकको रुपमा महिला तथा आईमाईहरुको पुनित पर्व रहेको सांस्कृतिविद परमेश्र कापडी बताउंछन् । यस पर्वमा नाटकमा तत्व दर्शन, मुल्य दर्शनका साथै ज्ञान र मनोरंजन, राग र वियोग आदि सबै एकैमा समावेश भएको कापडीले बताए । सामा चकेवा भाई वहिनीको पर्व भएको र यस पर्वमा गाईने गीतहरुले भाईको आयु बढने विश्वास रहेको उनको विश्वास छ ।

यसपर्वको वास्तविक नाम श्यामाचकेवा रहे पनि लोक भाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र हुन् । दुइवटैलाई चराको आकृतिको रुपमा माटोले बनाइएको हुन्छ । सामाचकेवा खेलमा श्रीमान श्रीमतीको बारेमा चुगली लगाउने चूडक पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउदै बडो घृणाले गीत गाउँछन् । पूर्णिमाका दिन बहिनीहरु आफ्ना भाइ तथा दाइलाई निमन्त्रणा दिन्छन् । भाईले घुँडामा राखेर सबै मूर्ति तोडछन् र ती मूर्तिहरुलाई जोतेको खेतमा बिसर्जन गरिन्छ । बहिनीले भाइलाई च्युरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन् यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ । यस पर्वलाई भाइबहिनी र प्रेमको प्रतिकको पर्वरहेको स्थानिय विन्दु ठाकुरले बताइन् ।

सामा चकेवाका मूर्ति माटोले बनाउने भएकोले यसले मैथिल महिलाहरुको मूर्तिकला प्रतिको कौशलको समेत प्रदर्शन गर्दछ । सामाचकेवामा मिथिलानी दिदीबहिनीहरु समूह बनाएर नजिकैको नदी तलाउबाट माटो ल्याउने गर्छन । ती माटोबाट कलात्मक वृन्दावन, चुगला, चकेवा, चरा, कजरौटा, सतभैया लगायतका मुर्तिहरु वनाई घाममा सुकाएर साँझदेखि गाउँमा सामाका गीत गाउँदै डुल्दै सामाचकेवा खेलेर पर्वको सुरुवात गर्छन् । र, यस पर्वको अन्तिम दिन अर्थात कत्र्तिक पुणिमाको दिन चूडक पात्र अर्थात चुगलालाइ जलाइ यस पर्वको समापन गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group