ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर र पोखरा बीच पर्यटन प्रवद्र्धनको लागि सम्झौता (भिडियोसहित)


admin
२५ कार्तिक २०७६, सोमबार   १ : ५०   बजे

काठमाडौं २५ कात्तिक । कतै उपनिर्वाचन प्रचारप्रसारको चटारो त कतै भिजिट नेपाल सन् २०२० को । बिशेषत विभिन्न राजनैनिक दलहरु रित्त रहेको पदपूर्तीका लागि चुनावी अभियानमा लागिपरेका छन भने । सरकारी निकायहरु भने २० लाख पर्यटक नेपाल भित्राउन कसरत गरिरहेका छन । नेपालकै पयटकिय गन्तव्य पोखरा र चितवनको भरतपुरमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित द्विपक्षीय सम्झौता गरेका छन् ।

मुख्यतः पर्यटन प्रवद्र्धनको लागि भरतपुर महानगरपालिका र पोखरा महानगर पालिका बीच शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सम्झौता पत्रमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।राष्ट्रिय निकुञ्जको बीचमा रहेको भरतपुर महानगरपालिकामा समेत पछिल्लो समय पर्यटकिय गतिबिधी मौलाउदै गएको छ । पोखरा पछिको आकर्षक गन्तव्य चितवन बन्दै गएको सम्बन्धित व्यक्तिहरुको भनाई छ । भरतपुर महानगरकी मेयर दाहालले पोखरा महानगरपालिकासँग तुलना गर्न नसकिने बताउदै धेरै कुराहरु सिक्न बाँकी रहेको बताउंछिन । दाहालले दुई महानगरपालिकाबीच पहिल्यै शिष्ट सिटीको रुपमा सम्बन्ध गाँसेको समेत सुनाईन । मेयर दाहालले भिजिट नेपाल २०२०२ को लक्ष्यलाई टेवा पु¥याउने उद्देश्य सहित पर्यटन प्रबद्र्धनका लागि सम्झौता गरिएको बताइन ।

त्यस्तै, पोखरा महानगरका प्रमुख जिसीले विना पूर्वाधार पर्यटक नभित्रिने तर्क दिए । उनले आवश्यक पूवार्धार निर्माण नगरी भित्रिन नसक्ने बताउदै आधारभुत संरचनाको पुर्ती गर्नुपर्ने बताए । उनले पछिल्लो समय पर्यटन व्यवसाय निर्वाहमुखी मात्रै भएको उल्लेख गर्दै पूर्वाधार विकासमा चुस्तदुरुस्त बनाउन पर्ने धारण व्यक्त गरे । दाहाल र जिसीद्वारा हस्ताक्षरित द्विपक्षीय सम्झौता पत्रमा पर्यटन विकास तथा प्रवद्र्धन गर्ने, आर्थिक तथा सामाजिक कार्यहरु, प्राकृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन गर्नका लागि सहकार्य गर्ने, महत्वपूर्ण सूचना तथा जानकारीहरुको आदानप्रदान गर्ने तथा संघीय संरचनामा अन्तर नगर सहकार्य गर्ने, पोखरा–भरतपुर हवाई सेवालाई अझ बिस्तार गर्ने, दुबै महानगरपालिकामा रहेका तालतलैया, नदी, रामसारमा सुचीकृत सम्पदाहरुको संरक्षण गर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ । यि उल्लखित सम्झौताहरु कागजमा मात्रै सीमित हुनुहुदैन यदि सांच्चिकै पर्यटकको आवागमनमा वृद्धि गर्ने नै हो भने सम्झौताहरु कार्यान्वयन हुन जरुरी देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group