ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘शहिद परिवार र घाइतेमाथि मुख्यमन्त्रीको अपमान’(भिडियोसहित)


admin
२५ कार्तिक २०७६, सोमबार   २ : १०   बजे

काठमाडौं २५ कात्तिक । मधेश आन्दोलनका बेला सयौ शहिद बलिदानिको सेन्टिमेन्टबाट बनेको प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका घाइते तथा सहिद परिवारहरुलाई अपमान गरेका छन् । मधेश आन्दोलनकै जगमा मधेशवादी दलले जनमत पाएपछि मुख्यमन्त्री बनेका राउतले सहिद परिवार तथा घाइतेहरुलाई भेट्न समेत समय नदिएर अपमान गरेका हुन् ।

मधेश आन्दोलन र चुनावमा बाँडेको आश्वासन पुरा नगरेपछि पर्सा, बारा, सर्लाही र रौतहट जिल्लाका घाइते तथा सहिद परिवारहरु पूर्व सूचना दिएर बिहीबार दिउँसो १ बजे मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री कार्यालय जनकपुर आएका थिए । तर, उनीहरुलाई मुख्यमन्त्रीले समय दिएनन् । ज्ञापनपत्र बुझाउन आउन लागेको थाहा हुँदाहुँदै पनि मुख्यमन्त्री राउत भने सिरहा जिल्लाको कार्यक्रममा सहभागि हुन गएर आफुहरुलाई नभेटी अपमान गरेको मधेश आन्दोलनका घाइते पर्साका विजय यादवले बताए । मुख्यमन्त्रीले आ“फुहरुलाई वेवास्ता र अपमान गरेको गुनासो गरे ।

त्यस्तै, बारा कलैयाका मधेश आन्दोलन २०६३ का घाइते जितेन्द्र प्रसाद यादवले सहिद र घाइतेहरुको बलबुतामा सत्तामा पुगेपछि उनीहरुको रहनसहन, बोलीवचन सबै फेरिएको र अहिले उनीहरु सहिद परिवार र घाइतेहरुको मुख समेत हेर्न नचाहेको दुखेसो पोखे । त्यस्तै अर्का घाइते लालबाबु राउत कुर्मीले मधेश आन्दोलनमा सहादत भएका सहिद परिवारलाई ५० लाख रुपैया“ र घाइतेलाई उपचार तथा परिवारको व्यवस्थापनको घोषणा गर्नेहरु अहिले सत्तामा आएर सबै विर्सिएको दुखेसो पोखे । अहिले जागिरको नाममा प्रदेश सरकारले सहिद परिवारलाई पिउन, चपरासीको जागिर दिएर अपमान गरेको उनिहरुको गुनासो छ ।

मुख्यमन्त्रीले समय दिएर ज्ञापन नबुझी बाहिर गएपछि घाइते तथा सहिद परिवारहरु निराश भएर घर फर्किएका छन् । उनीहरुले छिटै आफुहरुको माग सम्बोधन नभए मुख्यमन्त्री कार्यालयमै आएर अनसन बस्ने चेतावनी दिएका छन् ।सहिद परिवार र घाइतेहरुलाई जिल्लाको सदमुकाममा स्वीकृत बस्ती निर्माण गरी आवासको सेवा सुविधा प्रदान गर्ने छोराछोरीलाई उच्च शिक्षासम्मको लागि अनुदानको व्यवस्था गर्ने पनि उनिहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group