ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिपरा गाउँपालिका चुनावी भीडन्त : यी हुन् प्रतिस्पर्धी (भिडियोसहित)


admin
२७ कार्तिक २०७६, बुधबार   १ : १८   बजे

महोत्तरी, २७ कात्तिक । उपनिर्वाचन नजिकिदै गर्दा महोत्तरीको पिपरा गाउँपालिकामा चुनावी रौनकता ह्वात्तै बढेको छ । पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको मृत्यु भएपछि पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि उपनिर्वाचन हुने भएको हो । निर्वाचन आयोगले आगामी मंसिर १४ मा निर्वाचनमा उम्मेदवारको मनोनयनपछि चुनावी माहोल बाक्लिएको हो ।

महोत्तरीको पिपरा गाउ“पालिका अध्यक्ष पदको लागि मंसिर १४ मा उपनिर्वाचन हुदैछ । उपनिर्वाचनका लागि उम्मेदवारी टुंगिएछि दलहरु आफ्नो पक्षमा मत बटुल्न व्यस्त छन् उपनिर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाले विक्रम चौधरीलाई अघि सारेको छ । त्यसैगरि नेपाली कांग्रेसले विजयकुमार यादव, राजपा नेपाल र समाजवादी पार्टीले निवर्तमान अध्यक्ष विनोद चौधरीको श्रीमती रविता चौधरीलाई साझा उम्मेदवारको रुपमा अघि सारेका छन् । प्रस्तावित उम्मेदवारको नाम फेरबदल भएन भने, चुनावी भीडन्तका पात्र यीनै हुनेछन् । २०७४ को स्थानीय निर्वाचनमा विक्रम चौधरी झिनो मत अन्तरले पराजित भएका थिए। एमाले र माओवादी केन्द्रको एकिकरण पनि भैसकेकोले उप निर्वाचन जित्नेमा विक्रम चौधरी ढुक्क देखिन्छन् ।

२ वर्षपहिले भएको स्थानीय तहको निर्वाचनमा राजपा नेपालको तर्फबाट उम्मेदवार रहेका विनोद कुमार चौधरीले २७ सय ७५ मत ल्याएका थिए । तत्कालिन एमालेको तर्फबाट उम्मेदवार रहेका विक्रम चौधरीले १८ सय ७३ र माओवादीको तर्फबाट राम जानकी यादवले १५ सय ७८ मत ल्याएका थिए । का“ग्रेसको तर्फबाट उम्मेदवार रहेका राधा रमण मिश्रले १४ सय ६८ मत ल्याएका थिए । तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट वृजेन्द्र मिश्रले ६ सय ९३ मत ल्याएका थिए । अबको यस उपनिर्वाचनमा राजपा र समाजवादी पार्टी साझा उम्मेदवार बनाएर निर्वाचनमा भाग लिएका छन् । तत्कालीन निर्वाचनमा एमाले र माओवादी एक भएको अवस्थामा मत मजबुत भएको मान्न सकिन्छ ।

पिपरामा गाउँपालिकाको अध्यक्षको उपनिर्वाचनको लागि कार्तिक २७ गते मनोनयन दर्ता हु“दैछ ।मंसिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीको तीन बेग्लाबेग्लै नगरपालिकामा उपनिर्वाचन हुने महोत्तरीका मुख्य निर्वाचन अधिकृत बिष्णु सुवेदिलेले बताए । उनले अगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा रहेको बताए । महोत्तरीको पिपरामा पनि उपनिर्वाचन हुदैछ, विगतका नतिजा विश्लेषण गर्दा सत्तारुढ नेकपा, अन्य दल भन्दा धेरै अगाडि छ । २ वर्ष अघिको मतदाता मनोविज्ञानमा फेरबदल खासै भएन भने नेकपाले नै बाजी मार्न सक्छ, यद्यपी यसको सहि नतिजा थाहा पाउन भने मंसिर १४ कुर्नै पर्ला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group