ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा आठजना महिला चुनावी मैदानमा


एबीसी न्यूज
२३ कार्तिक २०७४, बिहिबार   ११ : ०८   बजे

तुलसीपुर, दाङ, २३ कात्तिक (रासस) ः मंसिर २१ गते हुनगइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ दाङबाट आठजना महिला चुनावी मैदानमा उत्रिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधि सभा सदस्यमा चार र प्रदेश सभा सदस्यमा चार गरी जम्मा आठ जना महिला चुनावी मैदानमा उत्रेका हुन् ।

यसरी चुनावी मैदानमा उत्रिनेमा प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं १ बाट नेपाली काँग्रसबाट सुशीला चौधरी, प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट नेकपा (माले)बाट रेखा केसी, दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलमाया बुचा र प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाबाट कमला जिसी चुनावी मैदानमा उत्रिनु भएको हो ।

त्यसैगरी, प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं १ (क) बाट नेकपा (माले)का सविता जिसी (पाण्डे), दाङ क्षेत्र नं २ (क) बाट राष्ट्रिय जनमुक्ति पार्टीका आशा नेपाली, क्षेत्र २ (क) बाट नै नयाँशक्ति पार्टीका पद्मा बानियाँ र दाङ क्षेत्र नं ३ क बाट राष्ट्रिय जनमुक्ति पार्टीका लिला पहाडी चुनावी प्रतिष्पर्धामा रहनुभएको छ ।

दाङमा प्रतिनिधि सभा सदस्यका लागि चार महिलासहित जम्मा ३० जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् भने प्रदेश सभा सदस्यका लागि पनि चार महिलासहित जम्मा ५१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu