काठमाडौं, ५ मंसिर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गर्नुभएको छ । उहाले पदभार ग्रहण गर्दै व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताउनुभयो ।
काम गर्दा राजनीतिक सहमतिका आधारमा गर्ने बताउँदै , ‘व्यक्तिपिच्छे कार्यशैली फरक हुन्छ, मेरो कार्यशैली फरक छ उहाले भन्नुभयो । कार्यशैलीअनुसार साथीहरुले मलाई सघाउनुहुन्छ भन्ने विश्वास छ ।’ ‘म राजनीतिक सहमतिमा विश्वास गर्ने भएकाले सहमतिका साथ अघि बढ्छु ।’ मन्त्री त्रिपाठीले भन्नुभयो । संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने बताउनुभयो । स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने बताउँदै त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता रहेको बताउनुभो ।
प्रतिक्रिया दिनुहोस्