काठमाडौं, १४ मंसिर । कास्की २ मा रिक्त रहेको पदपूर्तिका लागि अहिले मतदान भईरहेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार बनेकी विद्या भट्टराई मतदान केन्द्रमा पुगेर भोट खसाल्नु भएको छ ।
कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज उपनिर्वाचन भैरहेको छ ।
बिहान ७ बजेबाट सरु भएको मतदानका लागि कास्की २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।
कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्