ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तहलिया पुनःस्थापनको कार्यमा सहयोग गर्न तत्पर छु– मन्त्री मगर


admin
१४ मंसिर २०७६, शनिबार   ६ : ४२   बजे

काठमाडौं, १४ मंसिर । खानेपानीमन्त्री बिना मगरले मुक्तहलिया पुनः स्थापनको कार्यमा सहयोग गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।

आज कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा मतदान गर्न आइपुग्नुभएका मन्त्री मगरले मुक्तहलिया अगुवासँग भेटघाट गर्दै मुक्तहलिया पुनःस्थापनका लागि अपुग बजेटका लागि सम्बन्धित मन्त्रीसँग कुरा गरी बजेट थप्नका लागि पहल गर्ने बताउनुभयो ।“यसवर्ष बजेट थप्न नसकिए अर्को वर्षको बजेटमा जिल्लाका सबै मुक्तहलिया पुनःस्थापन हुनेगरी कार्य अगाडि बढाउनका लागि मेरो प्रयास रहन्छ” उहाँले भन्नुभयो ।

राष्ट्रियमुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारलगायतले मन्त्री मगरसँग पुनःस्थापनमा परेका १६७ परिवार मुक्तहलियाको दोस्रो किस्ताको रोकिएको रु आठ करोड रकम निकासाका लागि पहल गरिदिन माग गर्नुभयो । उहाँले पुनःस्थापनमा पर्न नसकेका ‘क’ वर्गको परिचयपत्र पाएका ८७ मुक्तहलिया परिवारको चालु आवमै पुनःस्थापनका लागि कार्य अगाडि बढाइ दिन आग्रह गर्नुभयो ।

प्रत्युत्तरमा मन्त्री मगरले थप बजेटका लागि पहल गरिने अश्वासन दिँदै बजेट वृद्धिका लागि प्रयास जारी रहने बताउनुभयो । “सबै मुक्तहलिया परिवार पुनःस्थापन हुन भन्ने मेरो पनि चाहना हो”, उहाँले भन्नुभयो, “कुन निकायबाट बजेटको सम्बोधन गर्न सकिन्छ । त्यसका लागि कार्य गर्छु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group