अछाम, १५ मंसिर । मल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रमेश खड्का विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका वीरबहादुर बोहराभन्दा २१५ मत बढी ल्याई विजयी हुनुभएको हो ।
कुल खसेको १ हजार ३५७ मतमध्ये खड्काले ७७८ र बोहराले ५६३ मत ल्याउनुभएको छ । १६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले जानकारी दिनु भएको छ ।
नेकपा र कांग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडप समेत भएपछि राति अबेर मात्र मतगणना सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्