ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४३ मध्ये ४० वडा अध्यक्षको मत परिणाम सार्वजनिक , नेकपाले २३ कांग्रेसले ११ वडामा विजयी


एबीसी न्यूज
१५ मंसिर २०७६, आइतबार   १ : ५८   बजे

 

काठमाडौँ, १५ मङ्सिर । शनिबार उपनिर्वाचन भएका देशभरिका ४३ मध्ये ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ।

त्यसमध्ये नेकपाले २३ वडाको नेतृत्व हात पारेको छ भने कांग्रेसले ११ सिट जितेको छ।

यी ४३ मध्ये २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले र माओवादी) ले २३ सिट जितेको थियो भने कांग्रेस १२ सिटमा विजयी भएको थियो।

यसपालिको चुनावमा नेकपाले कांग्रेसबाट ७ वडा खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफ्नो पक्षमा पारेको छ।

हेर्नुस् कुन वडामा कसले जिते ?

१। बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन्।

२। कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।

३। बाजुराको त्रिवेणी–१ नेकपाका मनराजे बुढा विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

४। अछामको मल्लेख गाउँपालिका– ५ मा नेकपाका रमेशबहादुर खड्का विजयी भएका छन्। यहाँ पहिला कांग्रेस विजयी भएको थियो।

५।बाँके कोहलपुर–६मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

६।सल्यानको कुमाख गाउँपालिका( ५ नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन्।

७। रोल्पाको थवाङ १ मा नेकपामा जनकबहादुर बुढा मगरले जितेका छन्। यहाँ पहिला स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।

८। घोराही उपमहानगर–१६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

९। प्युठान नगरपालिका–२ मा नेकपाका मुक्ति पोखरेल विजयी भएका छन्।

१०। अर्घाखाँचीको मालारानी–३ मा कांग्रेसका शोभाकर खनालले जितेका छन्। यहाँ पहिला नेकपाले जित हात पारेको थियो।

११। लमजुङको सुन्दरबजार नगरपालिका( २ मा नेकपाका नवीनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

१२। बर्दघाट–५ मा नेकपाका खिमबहादुर थापा विजयी भएका छन्।

१३। चितवनको भरतपुर–१६ कांग्रेसका अमृतराज हमाल विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

१४। पर्साको सखुवा पर्सौनी गाउँपालिका– ५ समाजवादीका रूपलाल कुमार यादवले जित हात पारेका छन्।

१५। बारागढी गाउँपालिका––१ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

१६। रौतहटको गढीमाई– २ कांग्रेसका दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। यहाँ पहिला राजपाले जितेको थियो।

१७। काठमाडौंको दक्षिणकाली–३ मा नेकपाका शिवभक्ति बलामी निर्वाचित भएका छन्।

१८। धुलिखेल–२ मा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन्।

१९। महोत्तरीको बलवा– २ कांग्रेसका विपिन परिजार सुडी विजयी भएका छन्।

२०। रामेछापको उमाकुण्ड– ५मा नेकपाका कुलबहादुर बस्नेतले जितेका छन्।

२१। खोटाङको साकेला– ३ मा नेकपाकी शिवकला राईले जितेकै छन्।

२२। खाँदबारी–३ नेकपाका भरतकुमार घिमिरे विजयी भएका छन्।

२३। मोरङको धनपालथान(२ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन्। साढे २ दुई वर्षअघि यहाँ नेकपाका उम्मेदवारले जितेका थिए।

२४। बैतडीमा दोगडाकेदार– ४ कांग्रेसका सुरेशप्रसाद भट्टले जितेका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

२५। बैतडीको सुर्नया( १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।

२६। कपिलवस्तुको शिवराज–१० राजपाकी मन्जु मिश्र विजयी भएकी छन्। पहिला यहाँ स्वतन्त्र उम्मेदवारले जितेका थिए।

२७। गुल्मीको रूरू–६ नेकपाका गिरिप्रसाद सिंजाली विजयी भएका छन्।

२८। नवलपरासी पूर्वको बौदीकाली– ५ मा नेकपाका खिमबहादुर थापा खरूमगरले जितेका छन्।

२९। चितवनको खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेत विजयी भएका छन्।

३०। चितवनको खैरहनी –५ कांग्रसकी प्रतीमा कार्की बस्नेतले जितेकी छन्।

३१। सप्तरी छिन्नमस्ता– ७ राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छन्।

३२। सर्लाहीको हरिपूर्वा–१ समाजवादीका श्यामवावु राय विजयी भएका छन्। यहाँ पहिला नेकपाले जितेको थियो।

३३। सिरहाको कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेका थिए।

३४। पाँचथरको हिलिहाङ–७ मा कांग्रेसका तिलविक्रम इधिंगो विजयी भएका छन्। यहाँ २०७४ सालमा नेकपामा विजयी भएको थियो।

३५।पाँचथर फिदिम–१ मा नेकपाका गजाधर भट्टराईले जितेका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

३६। सिन्धुपाल्चोकको इन्द्रावती– ८मा नेकपाका केदारनाथ आचार्य विजयी भएका छन्।

३७। बाग्लुङको बढीगाड–२ मा नेकपामा ढालप्रसाद श्रेष्ठ विजयी भएका छन्।

३८। डोटीको आदर्श–२ मा नेकपाका रामबहादुर बोहोरा ले जितेका छन्।

३९। महोत्तरीको मटहानीमा–६ मा राजपाका मोहम्मद जकिर अन्सारी विजयी भएका छन्।

४०। भोजपुरको पौवादुंमा– १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। यहाँ पहिला कांग्रेसले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group