ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले खाता खोल्न नसक्दा, नेपालले जित्यो सागमा ६ स्वर्ण


admin
१६ मंसिर २०७६, सोमबार   ३ : २१   बजे

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा नेपालले कराँतेमा मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएसंगै नेपालले अहिले सम्म ६ स्वर्ण जितेको छ । हालसम्म कराँतेबाट ३ विधामा नेपालले स्वर्ण पदक हातपार्दा, तेक्वान्दोबाट दुई तथा ट्राइथ्लोनमा एक स्वर्ण जितेको छ। कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेर स्वर्णको खाता खोलेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए ।यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् । योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ ।

सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो स्वर्ण जितेकी छिन् । यससँगै नेपालले सागमा ६ स्वर्ण पदक जितेको छ । हालसम्म कराँतेबाट ३ विधामा नेपालले स्वर्ण पदक हातपार्दा, तेक्वान्दोबाट दुई तथा ट्राइथ्लोनमा एक स्वर्ण जितेको छ।

नेपाललाई पहिलो स्वर्ण व्यक्तिगत कराँते काता विधाबाट मन्डेकाजी श्रेष्ठले दिलाएका थिए। यस्तै मन्डेकाजी श्रेष्ठकै टोलीले सिनियर पुरुष कराँते कातामा अर्को स्वर्ण हातपार्दा नेपाली महिला कराँते टोलीले पनि कातामै स्वर्ण जिते। मन्डेकाजीले देशलाई दुई विधाबाट दोहोरो स्वर्ण दिलाएकोमा आफू निकै खुशी भएको नेपालबरसँग बताए। १२ औं सागमा कराँते खेल समावेश नहुँदा उनले उक्त खेलमा सहभागी हुने मौका पाएका थिएनन्। इखकै कारण आफूले स्वर्ण जित्ने लक्ष राखेकाले यो सम्भव भएको उनी बताउँछन्।

यसैगरी तेक्वान्दोमा व्यक्तिगत पुम्सेतर्फ कमल श्रेष्ठले स्वर्ण हात पार्दा सिना मादेन लिम्बुले तेक्वान्दो पुम्से विधामै अर्को स्वर्ण हात पारिन्। उनले १७ वर्षभन्दामाथि २३ वर्षभन्दा कम उमेर समूहमा यस उपलब्धि हात पारेकी हुन्।यस्तै ट्राइथ्लनमा सोनिका गुरुङले स्वर्ण जितेकी थिइन्। सागका खेलहरु जारी छन्। खेल जनकपुर, पोखरा र काठमाडौंमा मंसिर २४ गतेसम्म चल्नेछ। नेपालले यसपटक ५० स्वर्ण जित्ने लक्ष्य बनाएको छ। १२ औं सागमा नेपालले मात्र ३ स्वर्ण जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group