ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतासामु गरिएका आफ्ना प्रतिबद्धता पूरा गर्छु– उपप्रधानमन्त्री पोखरेल


admin
१६ मंसिर २०७६, सोमबार   ५ : १०   बजे

काठमाडौं, १६ मंसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिकाको पाँचौँ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उहाँले जनमतको सम्मान गर्दै जनतासामु गरिएका आफ्ना प्रतिबद्धता पूरा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ ।” उहाँले सो नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका हुनाका साथै सय गन्तव्य स्थानमध्ये एउटा भएकाले नगरपालिकालाई जनप्रतिनिधि तथा नगरवासी सबै मिलेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको जनाउनुभयो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माण अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गत वर्ष जस्तै काठमाडौँका विभिन्न नगरलाई यस वर्ष पनि रु एक–एक करोड छुट्याएको जानकारी दिनुुभयो । नगरप्रमुख उद्धवप्रसाद खरेलले नवनिर्मित भवन उद्घाटनसँगै अब नगरवासीले सर्वसुलभ तरिकाले सेवा सुविधा पाउन सकिने बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०७६/७५ का लागि रु १५ करोड ८४ लाख ५३ हजार बजेटबाट पक्की सडक तथा ढल निर्माण, वडा कार्यालय तथा मुख्य कार्यालय परिसर निर्माण, उद्यान निर्माण, शिक्षा तथा स्वास्थ्य, मानवीय क्षमता विकास, सुरक्षा र सुशासनका लागि सेवा प्रवाह सुधारलागायत क्षेत्रमा प्राथमिकताका साथ काम गरिने बताउनुभयो ।

काठमाडाँै जिल्लामा पछिल्लो समयमा गठन भएका नगरपालिकामध्ये सबैभन्दा पहिले आफ्नो कार्यालय भवन निर्माण सम्पन्न गर्न बूढानीलकण्ठ नगरपालिका सफल भएको छ । विसं २०७३ मङ्सिर १६ गते शिलान्यास गरिएको नवनिर्मित भवन २२३२.९२ वर्गमिटरमा फैलिएको छ । नगरको वडा नं ८ हात्तीगाँैडामा अवस्थित भवनको कूल लागत रु १० करोड नौ लाख ४३ हजार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group