ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘उपनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न’


admin
१६ मंसिर २०७६, सोमबार   ७ : २०   बजे

काठमाडौं, १६ मंसिर । विभिन्न राजनीतिक दलका नेताहरुले हालै सम्पन्न उपनिर्वाचनमा असन्तुष्टि व्यक्त गर्ने ठाउँ नभएको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले निर्वाधरुपमा जनताले आफ्नो अभिमत दिन सकेको र यसले सङ्घीयता कार्यान्वयनमा बल पुगेको उल्लेख गर्नुभयो ।

नेकपाका नेता आनन्द पोखरेलले हालैको उपनिर्वाचन बिनाधाँधली सम्पन्न भएकाले निर्वाचनमा सबै दलसहित सर्वसाधारणले निर्धक्कसँग भाग लिन पाएको बताउनुभयो । उहाँले निर्वाचनमा आफनो पार्टीले ७५ प्रतिशत जितेको बताउँदै निर्वाचन परिणामबाट नेकपा खुशी भएको प्रतिक्रिया दिनुभयो । नेपाली काँग्रेसका नेता एनपी साउदले यस उपनिर्वाचनमा आफ्नो पार्टीले वामपन्थीहरुको राम्रो प्रभाव रहेको धरान र भक्तपुरमा जितेको बताउँदै उपनिर्वाचनबाट समग्रमा सरकारको जनमत भने घटेको टिप्पणी गर्नुभयो । राजपाका महासचिव चन्दा चौधरीले तराईका केही क्षेत्रमा राजपालाई हराउन नेकपा र नेपाली काँग्रेस गठबन्धन गरेको भएपनि आफूहरुले सफलता पाएको बताउनुभयो ।

राप्रपा ९संयुक्त० का अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपाको सहयोग र समर्थनबाट भक्तपुरमा काँग्रेसलाई विजयी बनाएकामा सन्तुष्टि व्यक्त गर्दै अबका निर्वाचनमा काँग्रेसले राप्रपालाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरुले हालै सञ्चालन गरेको जनकपुर–लुम्बिनी धार्मिक यात्रा सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group