ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्लिनिकमा चलाउने बेथितिको अव अन्त्य हुन्छ– मन्त्री ढकाल


admin
१७ मंसिर २०७६, मंगलबार   ३ : २३   बजे

काठमाडौं,  १७ मंसिर ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताउनुभएको हो ।

अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको छलफलमा डाक्टरले गर्ने १०ः०० देखि ५ः०० बजेसम्मको ड्यिटीको परिपाटी रहेकाले त्यसलाई हटाउन सुझाव आएको बताउनुभयो । मन्त्री ढकालले भन्नुभयो, “सेवाको जिम्मा लिएर यस्ता काम गर्नेलाई अव कारवाही गरिन्छ, सरकारी अस्पतालमा १० बजे हाजिर गरेर नाफाका लागि खोलिएका आफ्ना निजी क्लिनिकमा चलाउने बेथितिको अव अन्त्य हुन्छ ।”

बजारमा औषधि महङ्गा छन् र औषधि नै किन्न नसकेर मान्छेहरु रोगसँग लड्न पाएका छ्रैनन् भन्ने सुनेको उल्लेख गर्दै अब औषधि उपचारका सेवा नपाएर, आर्थिक अभावका कारण कोही पनि मर्न नपरोस् र स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेशमै भ्रमण गर्ने र गोष्ठी गरेर रकम सक्ने खालको परिपार्टीलाई पूर्णरुपमा नियन्त्रण गरिने बताउनुभयो ।

उहाँले कमिसनका आधारमा औजार किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकम यत्तिकै सिद्धिएको भन्ने जानकारी आफूले पाएकाले अब स्वास्थ्य क्षेत्रमा रहेको तमाम बेथितिको अन्त्य गरिने उहाँको भनाई थियो । स्थानीय तहमा हस्तान्तरण भएका अस्पताललाई सहयोग गर्ने दायित्वबाट सरकारपछि नहट्ने उल्लेख गर्दै उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पताललाई छारेरोग विशेषज्ञ अस्पतालसहित सम्पूर्ण रोगको गुणस्तरीय उपचार गर्नेगरी सेवा विस्तार गर्दै लगेको बताउनुभयो । उहाँले मध्यपुरथिमि क्षेत्रमा रहेका सबै अपाङगता भएकाको शिक्षा, स्वास्थ्य र उनीहरुको आवश्यकता पूरा गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै अपाङ्गता भएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था नगरपालिकाले गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा मन्त्री ढकाल र नगर प्रमुख श्रेष्ठले अभिभावक स्वावलम्बन समूहलाई रोटरी क्लब अफ मध्यपुरले दिएको पाँचवटा ह्वीलचियर प्रदान गर्नुभयो । त्यसैगरी आर्दश मावि लायकू, मानव विद्यागृह, स्वावलम्न समूह र दिवा कक्षा केन्द्र भूँलाखेलका अपाङ्गता विद्यार्थीका लागि ८८ थर्मस, टिफिन बक्सलगायतका सामग्री प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu