ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीमा कार्यकारी जिम्मेवारीपछि प्रचण्डको अध्यक्षतामा आज पहिलो सचिवालय बैठक


एबीसी न्यूज
१८ मंसिर २०७६, बुधबार   ८ : ११   बजे

काठमाडौं, १८ मंसिर ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सचिवालय बैठक बोलाउनु भएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि अध्यक्ष प्रचण्डले आज पहिलो पटक सचिवालय बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति लिएर प्रचण्डले सचिवालय बैठक बोलाउनु भएको हो । गत मंसिर ४ गते बसेको सचिवालय बैठकले दुई अध्यक्षकोकार्यबिभाजन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टी हाँक्ने निर्णय गरेको थियो ।

‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ, नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ,’महासचिव बिष्णु पौडेलले भन्नुभयो । दुवै अध्यक्षको वरीयता यथावत् रहने, सरकार र पार्टी काम अध्यक्षद्वय ओली–प्रचण्डबीच आपसी सहमतिमा गर्ने, बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने, तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने गरी गत मंसिर ४ मा नेकपाले अध्यक्षद्वय ओली–प्रचण्डको कार्य विभाजन गरेको थियो ।

अस्पतालमै अध्यक्ष ओलीसँग परामर्श गर्नुभएका प्रचण्डले बैठक बोलाउनु अघि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग छलफल गरेर बैठक बोलाउनु भएको हो । अध्यक्ष प्रचण्डले मंगलबार बिहान वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ र दिउँसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बैठकबारेछलफल गर्नुभएको थियो । आज  ९ बजेपार्टीकार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री ओली उपचारको शिलशिलामा अस्पतालमै रहेकाले सहभागी हुनुहुने छैन ।

बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना, उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रिय कमिटीको बैठक र नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी सातै प्रदेशमा अभियान सञ्चालन लगाएतका एजेण्डामा छलफल हुने भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै अध्यक्ष दाहालले मंसिर २४ गतेलाई तय भएको आफ्नो चीन भ्रमणसमेत स्थगित गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group