ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ जिप दुर्घटनामा ज्यान गुमाएका १० जनाको सामूहिक दाहसंस्कार


admin
१८ मंसिर २०७६, बुधबार   १२ : ४६   बजे


बागलुङ,काठमाडौं, १८ मंसिर । मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ । इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो । दुर्घटनामा मृत्यु भएका इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र दुई वर्षीया अनुस्का कार्कीको दाहसंस्कार गरिएको छ । त्यस्तै सोही गाउँपालिका वडा नं ५ की ४० वर्षीया बवसुन्धरा कार्की र २३ वर्षीया माया थापाको पनि सामूहिक दाहसंस्कार गरिएको स्थानीय लङ्कबहादुर बस्नेतले बताउनुभयो ।

अस्पतालमै शव

कञ्चनपुरबाट धनबहादुर कार्की पहिलोपटक दाजुभाइ खोज्दै कुलपूजाका लागि इस्मा आउनुभएको थियो तर दाजुभाइसँगको भेट अन्तिम मात्रै रह्यो । जे उद्देश्य बोकेर आउनुभयो, त्यो पूरा भएन । अन्तत घरसमेत फर्किन पाइएन । कुलपूजाकै लागि इस्मा आएका ५५ वर्षीय कार्कीको पनि दुर्घटनामा परी मृत्यु भयो । उहाँको शव बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । उहाँका आफन्त आएपछि बुझाइने भएकाले शव अस्पतालमै राखिएको भतिज बद्री कार्कीले जानकारी दिनुभयो ।
बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहसंस्कार गरेका छन् । लक्ष्मी घरबाट गाडी चढेको दुई मिनेटमै दुर्घटनामा पर्नुभएको थियो । इस्मा–४ का गाडी चालक २५ वर्षीय रेशम थापाको शव मङ्गलबार नै परिवारले बुझेका थिए । उहाँको निस्ती दोभानमा आज बिहान दाहसंस्कार गरिएको स्थानीय रामबहादुर रेश्मीले जानकारी दिनुभयो । त्यस्तै नवलपरासी बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुना कार्कीको शव नवलपरासी लगिएको छ ।

बेपत्ताको खोजी, घाइतेको उपचार

दुर्घटनामा परेका इस्मा–४ दोहोलीका धनबहादुर कार्की अहिलेसम्म पनि बेपत्ता हुनुहुन्छ । बुहारी सूचना कार्कीको मृत्यु भयो । नाति चार वर्षीय हिमाल कार्की अस्पतालमा छन् । मङ्गलबार दिनभर दुर्घटनास्थलमा खोजतलास गरे पनि शव भेटिएको छैन । दुर्घटनामा नवलपरासी बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गापा–४ का चार वर्षीय हिमाल कार्की र २४ वर्षीया निमा केसी घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ । अहिले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

गाउँपालिकाद्वारा शोक बिदा

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश इस्मा गाउँपालिकाका छन् । जसले गर्दा गाउँपालिका र सिङ्गो जिल्ला शोकमा डुबेको छ । इस्माका पनि विशेष गरी कार्की र बस्नेत परिवार बढी शोकमा छन् । कतिका सिन्दूर पुछिएका छन्, भने कतिका काख रित्तिएका छन् । दुर्घटनामा इस्मालीले ज्यान गुमाएको भन्दै गाउँपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ ।

दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । अहिले विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन भएको छ । गाउँपालिकाले आज स्थगित प्रावि तहको परीक्षा यही मङ्सिर १९ र निमावि तथा माविको मङ्सिर २० गते सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group