बर्दिया,१८ मंसिर । बर्दियाको हुलाकी सडक खण्ड अन्र्तगत गुलरिया बजारको पश्चिम बन कार्यालय देखि भन्सार कार्यालय सम्मको ४ लेनको बाटोमा कालोपत्रे गर्नका लागी बेस अर्थात गिटटीको धुलोे हाल्नुपर्नेमा वालुवा हालेको भेटिएको छ । हुलाकी सडक आयोजनाले टेन्डर आव्हान गरी पप्पु कन्ट्रक्सनले निर्माण गरिरहेको हुलाकी मार्गमा यसरी विच वजारमै गुणस्तरहिन कार्यभैरहदा पनि सम्वन्धित निकायले ध्यान नदिएको स्थानियको गुनासो छ ।
पप्पु कन्ट्रक्सन प्रालिले यसरी वजार क्षेत्रमै गुणस्तरहिन कार्य गरिरहेको जनगुनासो बढेपछि वालुवा हालिएको स्थानमा गुलरिया नगरपाकिलाको टिम र प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थलगत अनुगमन गरेका थिए । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बेस हाल्नुपर्ने स्थानमा बालुवा हालिएको हुदा तत्काल त्यसलाई निकाल्न निर्देशन दिएका छन् । जम्मा २ किलोमिटर लम्वाईको सो ४ लेनको बाटो बर्दियाको सदरमुकाम क्ष्ँेत्रमै यसरी गुणस्तरहिन काम भैरहेको छ भने अन्य ग्रामिण भेगमा के कस्तो कालोपत्रे भयो होला सोझै अनुमान गर्न सकिन्छ ।
हुलाकी मार्ग अन्तर्गत बनिरहेको यो बाटोमा त्यो पनि बजार क्ष्ँेत्रमा यस्तो लापरर्वाही भन्दै सम्वन्धित निकायलाई यस विषयमा जानकारी गराइएको गुलरिया नगरपालिकाका सव इन्जिनियर अर्जुन लम्सालले जानकारी दिए । पप्पु कन्ट्रक्सनले जिम्मा पाएको र गणपति सेवाले बनाइरहेको सडकमा विछ्याइएको बालुवा हटाउने कार्य अहिले चलिरहेको छ । हुलाकी राजमार्गको कार्यको स्थानिय स्तरबाट अनुगमन नियमन हुन नसक्दा बर्दियाका अधिका“स भागमा बनिरहेको बाटोमा कालोपत्रे गुणस्तरहिन बनेका छन । अहिले हुलाकी सडक अन्तर्गत गुलरिया , राजापुर र भुरिगा“उ क्ष्ँेत्रमा निर्माणको काम चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्