ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिन गयोे– रक्षामन्त्री पोखरेल


admin
१८ मंसिर २०७६, बुधबार   ५ : ३५   बजे

काठमाडौं, १८ मंसिर । नेपाल सरकारका उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले विकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताउनुभएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिकस्थलमा आज आयोजित आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवमा उहाँले देश पूर्णरूपमा सङ्घीयतामा आगाडि बढेको बताउनुभयो ।

स्थानीय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने दावी गर्दै मन्त्री पोखरेलले स्थानीय सरकारले नसके प्रदेश सरकारसमक्ष माग गर्ने र प्रदेशले पनि नसके केन्द्र सरकारसमक्ष विकासका लागि माग गर्नुपर्ने बताउनुभयो । “तर तीन तहका सरकारका बीचमा तालमेल हुन अत्यावश्यक छ”, उहाँले भन्नुभयो ।

केन्द्र सरकारले मात्र विकास गर्छ भन्ने कुराको अन्त्य हुन जरुरी रहेको उहाँको धारणा छ । देशमा समृद्ध नेपाल र सुखी नेपाली भन्ने कुरा नारा मात्र नभएर यही सरकारले कार्यान्वयन गरेर देखाउने भन्दै उहाँले प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कृषिमा आधुनिकीकरण र व्यावसायीकरणमा समेत सबै सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

किराँत धर्मवालम्बीका धर्मगुरु फल्गुनन्दका अवतारका रूपमा परिचित आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले सरकारले सबै जाति र धर्मलाई समानरूपमा लिने बताउनुभयो । महागुरु फल्गुनन्दको ज्योति हिजो, आज र भोलि पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै निभ्न दिनु नहुने उहाँले बताउनुभयो । देशमा १२४ जातजाति र १०० बढी भाषाभाषीहरु रहेको बताउँदै उहाँले कुनै एक भाषा, धर्म र जातजातिको अस्तित्व मात्र बचाउन नलाग्ने जिकिर गर्नुभयो ।

त्यस्तै कार्यक्रममा तत्कालिन संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पनि महागुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले पवित्र स्थान भएर आवतजावत हुने दमक–रवि सडक पनि अबको तीन वर्षभित्रमा कालोपत्र भइसक्ने बताउनुभयो । यस सडकभित्र पर्ने सबै खोलाहरुमा पक्की पुल पनि आगामी माघ महिनाभित्रमा शिालन्यास भइसक्ने बताउँदै उहाँले अब यहाँ विकासको शुरु भइसकेको बताउनुभयो । जन्मोत्सवको अवसरमा गुरु आत्मानन्द लिङ्देनले प्रवचनसमेत दिनुभएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति इलामका सभापति गणेश बराल, माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group