ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनःनिर्माणमा सहयोग गरेकामा नेपाली सेनालाई मयूर झ्याल


एबीसी न्यूज
१९ मंसिर २०७६, बिहिबार   ८ : १६   बजे


काठमाडौं, १९ मंसिर । नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा बुधबार आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने, कलात्मक मयूर झ्याल उपहार दिनुभएको हो ।

भक्तपुरको नगरपालिका–१ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जिर्णोद्धार तथा पुनःनिर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्वतर्फको खेलमैदान सर्वसाधारण युवाहरुलाई प्रयोग गर्नका लागि नेपाली सेनाले पु¥याएको योगदानको कदर गर्दै सेनालाई सो मयूर झ्याल दिएको हो ।

नेपाल संवत् ७५० अर्थात विसं १६८७ मा राजा जगज्योति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरी ९काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष पुरानो० लामो समयदेखि जीर्ण अवस्थामा रहेको र उक्त पोखरीले सांस्कृतिक र धार्मिक महत्व पनि बोकेको, वरिपरि कुलदेवता र देवाली पूजा गर्ने महत्वपूर्ण थलो पनि भएकाले उक्त रानीपोखरीको २०७६ जेठ १ गते जीर्णोद्धार र संरक्षणको साथै सर्वसाधारण जनताको लागि खुला गर्न नेपाली सेनाले पत्र पठाएपछि पोखरीको उत्खनन एवं जीर्णोद्धार शुरु भएको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो । नेपाली सेनाले स्थानीय जनताको भावना, यहाँको कला, संस्कृति, सम्पदा र धर्म एवं पर्वको संरक्षणमा साथ दिएको बताउनुभयो ।

कार्यक्रममा प्रधानसेनापति थापाले भक्तपुर जिल्लालगायत देशका विभिन्न क्षेत्रहरुमा त्यहाँको ऐतिहासिक महत्व, मौलिक संस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण एवं संवद्र्धन गरी नागरिक–सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग र साथ दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group