ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थुनुवा फरार प्रकरण : चारजना पक्राउ


एबीसी न्यूज
१९ मंसिर २०७६, बिहिबार   ११ : ४२   बजे


सिरहा, १९ मंसिर । सिरहाको लक्ष्मीपुपतारी गाउँपालिका वडा नम्बर –४ स्थित ईकाला प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतबाट शनिबार फरार ८ जना थुनुवामध्ये चारजना पक्राउ परेका छन्। भागेका तीन जनालाई मंगलबार राति पक्राउ गरीएको हो। एकजना तत्कालै पक्राउ परेका थिए। सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर –१२ स्थितमा वडाध्यक्षको लागि शनिबार उपनिर्वाचन हुँदै थियो। जनकपुरमा विवाहपञ्चमी सुरु भएको थियो। एकदिन अघि शुक्रबार धनगढीमाई नगरपालिकामा बम फेला परेको थियो। अधिकांश प्रहरी निर्वाचन, विवाह पञ्चमी र बम राख्ने व्यक्ति खोज्नतिर लागे।

स्थानीय तहको कार्यालयमा पनि प्रहरी परिचालन गरिएको थियो। प्रहरी चारैतिर खटिएको सूचना पाएको मौका छोपेर लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर –४ स्थित इकाला प्रहरी कार्यालय महेशपुर पतारको हिरासतबाट ११ जना थुनुवामध्ये ८ जना भागे। भागेका एकजना तत्कालै पक्राउ परे। सात जना अझै फेला परेका छैनन्। साँझको खाना खाने बेलामा थुनुवा कक्षको पछाडी पट्टिको ताल्चा तोडेर भागे। प्रेसर कुकुरको डण्डीले ताल्चा तोडेको प्रहरीले जनाएको छ।

फरार हुनेमा लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रणधीरकुमार यादव, २१ वर्षीय गणेश साह, १७ वर्षीय नविन यादव र २० वर्षीय रिशन खड्का छन्। प्रहरीका अनुसार आठजना फरार भएकोमा वहु–विवाह मुद्दाका प्रतिवादी २१ वर्षीय सञ्जय यादव तत्कालै पक्राउ परे। फरारलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनु भयो। ‘सीमा सिल गरिएको छ। ठाउँठाउँमा प्रहरी खटाइएको छ’, उनले भने।

छानबिन समिति सिरहामा

प्रदेश २ का प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले घटनाको अनुसन्धान गर्न एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। जुन समिति सिरहा आएर छानबिन गरिरहेको छ। के–कति कारण र कमजोरीले थुनुवा फरार भएका हुन् भन्नेबारे टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अपुग जनशक्तिले सुरक्षा चूनौती

दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चूनौती देखिएको छ। जिल्लामा नेपाल प्रहरीतर्फ ९९० जनाको दरबन्दी भए पनि २७२ दरबन्दी रिक्त छन्। घटना भएको दिन शनिबार त सिरहाबाट १०७ जना प्रहरी जनकपुर र महोतरी विवाह पञ्चमी र उपनिर्वाचनमा खटाइएको थियो। ११३ जना जिल्लाभरिबाट कल्याणपुर नगरपालिका वडा नम्बर –१२ मा भएको उपनिर्वाचनमा खटाइएको थियो।

घटना भएको इलाका प्रहरीमा ४० जनाको दरबन्दी छ। तर त्यहाँ २७ जना मात्रै कार्यरत छन्। उपनिर्वाचनको दिन त्यहाँबाट केही प्रहरी बाहिर पठाइएको थियो। केही प्रहरी कार्यालय बाहिर खटिएका थिए। सुरक्षाकर्मी कम भएकै बेला हिरासतबाट थुनुवा फरार भएका हुन्। साँझ थुनुवालाई खाना खुवाउने बेला एकजना महिला प्रहरी हतियारसहित थुनुवाको सुरक्षामा खटिएका थिए। उनी केही सामग्री लिन त्यहाँबाट हटेपछि थुनुवा ताल्चा तोडेर भागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group