ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैसंग सहकार्य गर्दै नेपाली भाषा र साहित्यको बचाउ गर्छौं : अनेसास अध्यक्ष गैह्रे


एबीसी न्यूज
१९ मंसिर २०७६, बिहिबार   १ : ३८   बजे

जापान, १९ मंसिर ।  अन्तराष्ट्रिय साहित्य समाज अनेसास जापान च्याप्टरको अध्यक्षमा गिरिजा गैह्रे चयन हुनुभएको छ । आइतबार टोकियोमा सम्पन्न अनेसास जापानको ११ अधिवेसन बाट गैह्रे सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । २०१५ मा जापान प्रवेश गर्नुभएका गैह्रे २०१५/०१७ मा अनेसास को कार्यसमिती सदस्य हुदै उपाध्यक्षको जिम्मेवारी पुरा गर्दै अध्यक्षमा पुग्नुभएको हो । स्याङजा जन्मनुभएका गैह्रे बिद्यार्थी जीवनदेखि नै साहित्यमा रुची राख्नुहुन्थ्यो ।

समाजका घटना र यथार्थलाई साहित्यको माध्यमबाट लयात्मक शैलिमा ढाल्दा यसले आत्मसन्तुष्टी संगै वास्तविकता प्रद्धशन गर्ने अनुभव छ अध्यक्ष गैह्रे संग । समाजको ऐना नै साहित्य भएकोले यसको छुट्टै महत्व समेत रहेको बताउनुहुन्छ । ९३ हजार नेपाली रहेको जापानमा नेपाली भाषा र साहित्यलाई बचाई राख्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ । नेपाली भाषा र साहित्यको बचाउ गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो र त्यो जापानमा अनेसासले गर्दै आएको बताउनुहुन्छ । उहाँले आगामी दिनमा पनि जापानमा रहेका नेपाली संघ सस्थासंग सहकार्य गर्दै अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसै गरि समितिको अधिवेसले सर्वसम्मत रुपमा उपाध्यक्ष अरुण पौडेल, हेमन्त गिरी, महिला उपाध्यक्ष सुमित गिरी, महासचिव रविन शर्मा, सचिव ध्रुर्व बन्जाडे, सह–सचिव सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिनराज बास्तोला, दिपा घिमिरे, प्रकृती फुँयाल, संगिता कुँवर, शरद पोख्रेल, के.वी. पारखी, मञ्जु गिरी, वन , सुमन प्रतिबिम्ब, रमेश लामिछाने र अनिल कुमार निर्दोष चयन हुनुभएको छ । निर्वाचन सिमितका संयोजक बेलुकाजी थापाले नयाँ कार्यसमिती सर्वसम्मत रुपमा चयन भएको घोषणा गर्नुभएको थियो ।

सोही कार्यक्रममा अनेसास जापानका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत, अनेसासका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका अध्यक्ष विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, समाजसेवी पदमसिंह ठगुन्ना, राजेन्द्र जमरकट्टेल, डा. विजय ज्ञवाली लगाएतले अनेसासले गरेका कामको प्रशंसा गर्नुभएको थियो । कार्यक्रम निर्वतमान अध्यक्ष दिप पाठकको अध्यक्षता, उपाध्यक्ष श्रवण सत्यालको स्वागत तथा रविन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group