ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्याँकिएका चक्काबाट राष्ट्रिय उद्यान निर्माण शुरु


admin
१९ मंसिर २०७६, बिहिबार   ३ : ००   बजे

 

झापा,१९ मंसिर । झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेशनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ । सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंले चक्काबाट उद्यान निर्माणको काम शुरु गर्नुभएको हो ।
पाँच बिघा क्षेत्रफलमा फैलिने उद्यान निर्माणका लागि रु तीन अर्ब लाग्ने बताइएको छ । अहिले उद्यान निर्माण गर्न एक हजार ६०० भन्दा बढी चक्का सङ्कलन गरिएको छ । उद्यान निर्माण गर्न अझै एक हजारभन्दा बढी चक्का लाग्ने बताइएको छ । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै झापामा चक्काबाट राष्ट्रिय उद्यान बनाउने उद्देश्यले पूर्वाञ्चलका विभिन्न जिल्लाबाट ७० प्रतिशत पुराना चक्का सङ्कलन गरिसकिएको प्रसाईंले जानकारी दिनुभयोे । उहाँले भन्नुभयो, “विसं २०७२ देखि गोरुगाडाको चक्का संरक्षण गर्दै आएको हुँ ।”

उहाँले बिर्तामोड– ५ र अर्जुनधारा नगरपालिका–६ देवी बस्तीमा उद्यान निर्माणको काम शुरु गर्नुभएको छ । सानो संसार हाउजिङ नजीकै उद्यान निर्माण भइरहेको छ । उद्यान निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने बताइएको छ । झापालाई दक्षिण एशियाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित डेढ वर्षभित्र उद्यान निर्माण गरिने जनाइएको छ । उद्यानमा ३०० वर्षभन्दा पुराना चक्का राखेर झापाको नाम विश्वसामु चिनाउने प्रयास भइरहेको प्रसाईंले बताउनुभयो ।

प्रयोगविहीन भएर फ्याँकिएका चक्का घरघरमा पुगेर खरीद गरिएको र उद्यानमा राखिने चक्काको ढाँचाको काम थालिएको इञ्जिनीयर अनुष पराजुलीले जानकारी दिनुभयो । उद्यानमा जमीनबाट ८१ फिट उचाइमा राष्ट्रिय झण्डा राखिने तयारी छ । “नेपालको नक्शाभित्र १०० भन्दा बढी फूल फुलाएर उद्यानलाई सुन्दर बनाइने तयारीसमेत थालिएको छ । उद्यानमा प्रयोग गरिने सबै चक्का ५० वर्षभन्दा पुराना र सखुवाकै हुनेछन् ”, प्रसाईंले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group