ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुम्बासीका नाममा अतिक्रमण : एउटै व्यक्तिका पाँचवटासम्म टहरा भेटियो!


admin
२१ मंसिर २०७६, शनिबार   ३ : २७   बजे

काठमाडौं, २१ मंसिर । थापाथलीस्थित संयुक्त राष्ट्र सङ्घ युएन स्तम्भ क्षेत्रमा रहेको वाग्मती नदी किनारको सबैजसो जग्गा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । वाग्मती सफाइ महाअभियानको ३४३औँ हप्ताका क्रममा धेरै टहरा बनाएर नदी किनारको जग्गा अतिक्रमण गरेको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।

“एउटै व्यक्तिका पाँचवटासम्म टहरा भेटियो, नदी किनारको जग्गा अतिक्रमण गरी टहरा बनाएर भाडामा लगाउने पनि रहेछन्, धेरै वटा टहराको अघितिर मोटरसाइकल, कारलगायत सवारी साधन पनि देखियो, टहरा बनाउनाका साथै नदी किनारमा तरकारी खेती, गाई, कुखुरा, हाँस, सुँगुरजस्ता चौपाया एवं पक्षीपालन गरेको पनि भेटियो”, उहाँले भन्नुभयो ।

सफाइका क्रममा अभियानकर्मीले तरकारीबारीमा लगाएको बार भत्काएर बालिदिएका छन् । नदी किनारको जग्गा अतिक्रमण गरी बनाएको बार भत्काएर बालेको केही समयपछि ठूलो सङ्ख्यामा आएको समूहले किन भत्काएको भनी प्रश्न गरेका थिए । सफाइका क्रममा टहरा नभत्काउन माइकिङ गरिएको सञ्चालक सदस्य खरेलले सुनाउनुभयो । नदी किनारको खाली जमीन जति अतिक्रमण गरी बसेको समूहले फोहर जति वाग्मतीमा मिसाउँदा नजीक जानै नसकिने गरी गन्हाउँछ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती यसरी प्रदूषित बन्दा पनि सरोकार भएका कुनै पनि निकायले ध्यान दिन सकेका छैनन् । थापाथली क्षेत्रमा १३ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

नदी क्षेत्र अतिक्रमण लगाइएको बारको करिब १० मेट्रिक टन दाउरा सो अवसरमा जलाइएको थियो । लामो समयदेखि सुकुम्बासीका नाममा नदी किनार अतित्रमण गरेर बस्नेलाई सरकारले हटाउन नसक्दा पनि नदी सफाइले मूर्त रुप लिन नसकेको अभियाकर्मीको भनाइ छ ।सफाइमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, तीनैवटा सुरक्षा निकायका अधिकारीलगायत सफाइ अभियानकर्मीको सक्रियता थियो । उपस्थित सबैले सुकुम्बासी समस्या समाधान नगरी वाग्मती सफाइले सोचेजति सफलता हासिल गर्न नसक्नेमा सबैको एकमत रहेको जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३०५औँ हप्तामा माकालबारी सानो पुल क्षेत्रमा सफाइ गरियो । कुहिने फोहर नदी किनारमा खाडलखनी गाडियो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।रुद्रमती सफाइको १९५औँ हप्तामा रातोपुलबाट सेतोपुलसम्मको नदी किनारमा जमेको धुलोलगायत फोहर व्यवस्थापन गरियो । त्यस क्षेत्रमा रोपिएका बिरुवा गोडमेल गर्नुका साथै स्थानीयवासीलाई नदीमा फोहर फाल्न नदिन अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइ अभियानको १७०औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका–९ सीमास्थित शिव मन्दिर क्षेत्रमा सफाइ गरियो । तीनै वटा सुरक्षा निकायका साथै स्थानीय संस्था तथा स्थानीयवासीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो ।

मनोहरा सफाइको १४२औँ हप्तामा मनोहरा काठमाडौँ महानगरपालिका–३२ स्थित कृषि बजारअघिको नदी किनारमा सफाइ गरियो । एक सय ५० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएका सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्रप्रसाद दङ्गालले बताउनुभयो । चक्रपथ पश्चिम खण्ड सफाइको १२२औँ हप्तामा सोल्टी दोबाटोबाट चख्खुमार्गस्थित कुमारी मन्दिरसम्म सफाइ गरियो । सुरक्षा निकायसहित करिब १०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसैगरी आज उपत्यकाको वाग्मती किनारको तिलगङ्गा, सुन्दरीघाट, चक्रपथको उत्तरी खण्डलगायत स्थानमा पनि सफाइ जारी रहेको अभियानकर्मीले जनाएका छन् । नागरिकस्तरबाट शुरु भएको सफाइ अभियानमा स्थानीय तहका जनप्रतिनिधिका साथै सरोकार भएका सरकारी निकायले पनि दिनुपर्ने जति ध्यान नदिएको अभियानकर्मीको गुनासो छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भए पनि नदी किनार अतिक्रमण गरी बसेका सुुकुम्वासी नामधारीलाई सरकारले हटाउन सकेको छैन । यसमा अधिकारसम्पन्न वाग्मती र शहरी विकास मन्त्रालयको ध्यान जान सकेको छैन । महाअभियानबाट प्रभावित भई हाल उपत्यकाका प्रमुख नदीसहित चक्रपथलगायत देशभरका १०५ स्थानमा सफाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group