कास्की,२१ मंसिर । गण्डकी प्रदेशमा कार्यरत एविसीकर्मी गिता राना मगर सम्मानित हुनुभएको छ ।
आदिवासी जनजातिहरुको आवाजलाई मिडियामार्फत प्रचार प्रसार गरेको भन्दै किरांत सेवा समाज कास्कीले एविसीकर्मी राना मगरलाई आज सम्मान गरेको हो । समाजका कास्की अध्यक्ष लोकेन्द्र चाम्लिङ राई र पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले संयुक्त रुपमा माला र सम्मानपत्रले सम्मान पत्रकार रानालाई सम्मान गरेका हुन् । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष गजेन्द्र लिम्बु र समाजको भवन निर्माणमा सहयोग गर्ने गणेश लिम्बुलाई समेत सम्मान गरिएको थियो ।
वडा नम्बर १५ का अध्यक्ष पौडेलले नेपालको पूर्वी भागमा वसोबास गर्ने किराँत समुदायका मानिसहरु पोखरामा आई आफ्नो मौलिक संस्कृतीको संरक्षण गरिरहेको बताउनुभयो । वडाध्यक्ष पौडेलले समाजमा आवद्ध महिला दिदिबहिनीहरुलाई सीपमुलक र आयमूलक कार्यक्रमहरु सञ्चालन गर्र्न आग्रह गर्दै त्यस्ता कार्यक्रमहरुमा वडाले सहयोग गर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्