काठमाडौं, २१ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर नेपालमा पहिलो पटक मर्यादित महिनावारी दिवस मनाइएको छ । महिनावारीसँग सम्बन्धित स्वास्थ्य, सरसफाइका साथै मर्यादित महिनावारीका विषयमा काम गर्ने अभियान्ताहरुको पहलमा आज बिहान काठमाडौंको माइतीघर मण्डलामा कोणसभाको आयोजना गरिएको छ । कोण सभामा मर्यादित महिनावारीका अभियन्ता राधा पौडेल, अनुपा रेग्मी, शितल सुवेदीलगायतले कविता वाचन तथा मन्तव्य राख्दै महिनावारी भएकै आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने जिकिर गर्नुभयो ।
राधा फाउन्डेशनको संयोजनमा आजै ६ वटा प्रदेशका १२ जिल्लामा पनि मर्यादित महिनावारी दिवसको कार्यक्रम भएको छ । यो दिवस विश्वका विभिन्न देशमा पनि आज कै दिन अर्थात डिसेम्बर ८ मा मनाउन थालिएको छ । यसवर्ष दिवसको नारा दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि मर्यादित महिनावारी राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्