काठमाडौं, १ पुस । पुर्वी पाल्पाको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेको निस्दी गाउँपालिकामा क्यवसायिक अम्रिसो खेति गरिएको छ । अम्रिसो खेति स्थानीयको आय आर्जनको स्रोत मात्रै बनेको छैन पर्यटकको आर्कषक गन्तब्य समेत बन्दै गएको छ । पाल्पाको झिरुवासका स्थानीयको मूख्य आम्दानीको स्रोत बनेको अम्रिसो अहिले पर्यटकको अकर्षण बन्दै गएको छ ।
पुर्वी पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवास को काउले डाडा १० वर्ष अघिसम्म वनमाराले ढाकिएको थियो । अहिले गरिएको ब्यवसायिक अम्रिसो खेति आन्तरिक पर्यटकका लागि मुख्य गन्तव्य बन्दै गएको छ । कबुलियति वनमा दर्ता भएपछि स्थानीय जनताको सक्रियतामा अम्रिसो लगाएसंगै काउलेडाँडाले कवुलयति वनले मुहार फेरेको हो । काउले पुग्ने युवाहरु अम्रिसोसंगै रम्दै फोटो खिच्छन् र इलामको चिया बगानको रुपमा तुलना गरी सामाजिक सञ्जालमा पोष्ट गर्छन् । काउले वन क्षेत्रमा बाह्य जिल्ला र जिल्ला भित्रैबाट पनि वन अवलोकन तथा स्थानीयहरुको परिश्रम हेर्नको लागि पर्यटकहरु पुग्ने गरेका छन् ।
२ सय २७ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसो खेतीले गाउँकै पहिचान फेरिदिएको छ । वन कार्यालय पाल्पा, आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको सक्रियतामा काउलेडाँडामा २०६७ साल जेठ २ गतेबाट अम्रिसोको विरुवा रोपण शुरु गरिएको थियो । विभिन्न १९ समूहमा विभाजन गरी गरिएको अम्रिसो खेतीले स्थानीयको आय स्तर र जीवनस्तरमा समेत परिवर्तन ल्याएको छ । वनमाराले भरिएको काउले डाँडालाई व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने कुरामा स्थानीय एक जुट भएका छन् । अहिले दैनिक बनभोज र अन्य जिल्ला बाट समेत पर्यटक आउ“दा स्थानीय दंग छन् । अम्रिसोको फुलको कुचो, पातको घाँस, जराको औषधी तथा अन्य विरुवाको रुपमा विक्री हुने भएकाले यसको खेतीमा स्थानीयहरु उत्साहित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्