ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ क्षेत्र नं ५ को निर्वाचन बढी रोचक


admin
२९ कार्तिक २०७४, बुधबार   १२ : ५८   बजे

विराटनगर, २९ कात्तिक। निर्वाचनको तिथि नजकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ ।छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् ।

यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले संविधान संशोधनका विषयलाई प्रसार–प्रचारको मुख्य आधार बनाएर मतदातालाई आकर्षित पार्न तल्लीन देखिन्छन् । मोरङको राजनीतिमा राम्रो पकड राखेका युवा उम्मेदवारका साथै पञ्चायतको स्थापनाकालदेखि नै मोरङको राजनीतिमा सक्रिय रहनुभएका वृद्ध उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा रहनुभएकाले निर्वाचन बढी रोचक हुने देखिएको छ ।

विसं २०६४ को संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको थियो । २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव नेपाली काँग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित हुनुभएको थियो । त्यसपछि यो क्षेत्रको चर्चा राष्ट्रव्यापी रुपमा भएको थियो ।

उपेन्द्र यादव मोरङबाट उम्मेदवारी मनोनयन नगरेको विषय पनि सर्वसाधारण मतदाताको बीचमा चर्चा परिचर्चा भइरहेका छन् । २०७० सालको निर्वाचनमा मोरङमा नौवटा संसदीय क्षेत्र थियो तर २०७४ सालको निर्वाचनमा मोरङ अब ६ वटा संसदीय क्षेत्रमा मात्र सीमित भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं ४ बाट नेकपा ९माओवादी केन्द्र०बाट शिवकुमार मण्डल विजयी हुनुभएको थियो । उहाँ पुनः मोरङबाट निर्वाचित हुनका लागि वाम गठबन्धनका तर्फबाट क्षेत्र नं ५ बाट उठ्नुभएको छ । यसका साथै संघीय समाजवादी फोरम नेपालबाट राजकुमार यादव पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ पार्टीको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।

नेपाली काँग्रेसबाट अमृतकुमार अर्याल, वाम गठबन्धनबाट शिवकुमार मण्डल र संघीय समाजवादी फोरमबाट राजकुमार यादवबीच त्रिकोणात्मक संघर्ष हुने प्रबल सम्भावना देखिएको भए पनि मोरङको राजनीतिको पुरानो खेलाडी ७४ वर्षीय बद्रीप्रसाद मण्डल राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार हुनुभएकाले निर्वाचन रोचक बनेको छ । यसका साथै सातजना उम्मेदवार रहेको सो क्षेत्रबाट देशभक्त जनगणतान्त्रिक मोर्चाबाट अमोद इमजन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी०बाट कुर्वान मियाँ र स्वतन्त्र उम्मेदवारका रुपमा अनिताकुमारी ढकाल हुनुहुन्छ । उहाँहरु पनि चुनावी मैदानमा जोडतोडका साथ प्रचारप्रसार जुट्नुभएको देखिन्छ ।

यस क्षेत्रमा कूल ८९ हजार २८७ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu