ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण


admin
७ पुस २०७६, सोमबार   १ : ११   बजे

बाँके,७ पुस । बाँकेमा कार्यरत पत्रकार सङ्गीन शर्मामाथि आइतबार साङ्घातिक आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका दुई युवाले आफूमाथि साङ्घातिक आक्रमण भएको पत्रकार शर्माले जानकारी दिनुभयो ।

आक्रमणबाट पत्रकार शर्माको निधार, नाक र आँखाका माथिपट्टि चोट लागेको छ । नेकपा नेता विश्वकर्माले ती युवालाई बोलाएर आफूमाथि कुटपिट गराएको शर्माको दाबी छ । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता विश्वकर्माद्वारा सञ्चालित युगयान दैनिकको कार्यालयमा आपसी विवाद भइरहेको समयमा नेता विश्वकर्माले युवा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए । नेता विश्वकर्मासमेत नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य हुन् । नेता विश्वकर्माले भने आफूले कुटपिटका लागि युवा बोलाएको नभई आफ्नो कार्यालयमा पत्रकार शर्माले होहल्ला गरिरहेकाले उक्त घटना भएको जिकिर गर्नुभएको छ । “मेरो कार्यालयमा आएर अनावश्यक होहल्ला गरेका कारण तह लगाउन इलाका प्रहरी कार्यालयमा सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको थिएँ”, पत्रिकाका प्रकाशकसमेत रहनुभएका नेता विश्वकर्माले भन्नुभयो, “सोही बखत मलाई भेट्न कार्यालयमा आएका गाउँका युवासँग पनि शर्माको विवाद भएपछि घटना भएको हो ।”

विगतमा विश्वकर्माकै पत्रिकामा कार्यरत पत्रकार शर्मा हाल कोहलपुरस्थित काँचुली खबर अनलाइनमा कार्यकारी सम्पादक हुनुहुन्छ । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले दुवैजनालाई आइतबार साँझ नै इलाका प्रहरी कार्यालय कोहलपुरमा लगेर छलफल गराएको छ । कुटपिटमा संलग्न दुईजना भने फरार रहेका छन् ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू, नेकपाका कोहलपुरस्थित नेताहरुसहित इलाका प्रहरी कार्यालयमा आइतबार राति अबेरसम्मको छलफलपश्चात् घटनामा संलग्न दोषीलाई प्रहरीले पक्राउ गर्नुपर्ने र घटनाको महासङ्घले छानबिन गर्ने तथा त्यसमा पनि चित्त नबुझे कानूनी प्रक्रियामा अघि बढ्ने सहमति भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group