ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई भारतको पत्र– सिमाविवादको विषयमा वार्ता गरौं


एबीसी न्यूज
८ पुस २०७६, मंगलबार   ८ : ३४   बजे

काठमाडौं, ८ पुस । भारतले नयाँ नक्सा जारी गरेपछि नेपालसँग उत्पन्न विवादका बारेमा भारतीय पक्षले पत्राचार गरेर वार्ताका लागि आफू तयार रहेको बताएको छ । अघिल्लो महिना नेपालले सो विषयमा पत्र पठाएकोमा अहिले भारतका तर्फबाट पत्राचार गरिएको हो । पत्रमा वार्ताको तिथि भने प्रस्ताव गरिएको छैन ।

भारतले सोमबार मात्रै नयाँ विदेश सचिव तोकेकोले अहिले अवकाश पाउन लागेका विदेश सचिव विजय गोखलेको कार्यकालमा वार्ता हुन सक्ने सम्भावना कम रहेको छ । गोखले जनवरीको अन्तिममा अवकाश पाएपछि सोमबार नियुक्त भएका विदेश सचिव हर्षवर्द्धन शृंगलाले जनवरी २९ मा कार्यभार सम्हाल्नेछन् । परराष्ट्र सचिव शंकर बैरागीले ‘दुवैलाई सहज हुने तिथिमा नयाँ दिल्लीमा वार्ताका लागि प्रस्ताव गरिएको’ बताउनुभयो । यसभन्दा बढी चाहिँ आफूले हेरिनसकेको उहाँको भनाइ छ।

भारतले गएको नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूमि भारततर्फ पारिएको थियो । त्यसको नेपालका तर्फबाट सुरुमा परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरेर विरोध गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले सर्पपक्षीय बैठक बोलाएर छलफल गर्नुभएको थियो ।

बैठकले प्रधानमन्त्री ओलीलाई नै सो सम्बन्धी मामिला हेर्न जिम्बेवारी दिएको थियो । यस्तै भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले भारतका विदेश सचिव विजय गोखलेलाई भेट्नुका साथै नेपालका तर्फबाट वार्ताका लागि पत्राचार पनि गरिएको थियो । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतका रुपमा पठाउन खोजेको भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group