काठमाडौं, १० पुस । काठमाण्डौको तापक्रम आज यो वर्षकै कम भएको छ । आज बिहान काठमाण्डौको तापक्रम १ डिग्री सेल्सियसमा झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम आज बिहान झण्डै २ डिग्री कम मापन गरिएको हो । आज बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहान डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
तराईका विभिन्न ठाउ“मा बिहान लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटिरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाले तराईमा अझै पनि राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रम अझै घट्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्