ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगली जनावरको छाला सहित ७ बन्दुकधारी पक्राउ


admin
१० पुस २०७६, बिहिबार   ७ : २१   बजे

बाजुरा १० मंसिर । जिल्ला प्रहरी कार्यलय बाजुराले अवैध रुपमा बन्यजन्तुको सिकार गरी राखेको जंगली जनावरको छाला सहित बन्यजन्तुको चोरी शिकार गर्ने ७ जनालाई हतियार धारीहरु प्रक्राउ गरेका छन । उनिहरुलाई बुढिन्नदान नगरपालिका पाण्डुसेन बाट प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरि प्रमुख डिएसपी उद्धब सिं भाटले वताएका छन् । पक्राउ पर्ने बुढिन्नदा नगरपालिका ८ का ५९ बर्षिय आईत बोहरा, ३१ बर्षका बल बहादुर बोहरा, २५ बर्षका मनिचन्द्र बोहरा, ४० बर्षका कबिन्द्र बोहरा, ३२ बर्षका दल कामि, १९ का पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ बर्षका पृथ्वी बहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनिहरु बाट ४ थान भरुवा बन्दुक बरामत गरेको छ । बल बहादुर बोहरा, दले कामि, कबिन्द्र बोहरा र मनिचन्द्र बोहरा बाट एक एक थान भरुवा बन्दुक बरामत गरेको डिएसपी उद्धबसिं भाटले वताएका छन् ।

साथै प्रहरीले कबिन्द्र बोहराको घर बाट अबैध रुपमा बन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छाला बरामत गरेको छ । जंगली जनवार थारा, घोरल, रतुवाको छाला ५ थान फेला पारेको छ । प्रक्राउ गरेको सबै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर छानबिन शुरु गरेको छ । प्रक्राउ परेका ७ जनालाई मुलुकि अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धि कसुर मुद्धा दर्ता गरि कानुनी कार्यवाहि अगाडी बढाएको छ । उक्क्त कानुनमा ५ बर्ष सम्म कैद र ५० हजार जरिवानाको ब्यबस्था रहेको छ ।

हिमाली भेगमा हिमँपात सँगै चोरी शिकार बढेपछि प्रहरीले सक्रियता बढाएको छ । प्रहरी प्रमुख भाटका अनुसार प्रहरीको गस्ती बढाएको र सम्भाबित क्षेत्रमा सर्च गर्ने गरेको वताए । हिमाली भेगमा हिमँपातको समयमा चोरि शिकारी हुने गरेको छ । हिमँपात भएपछि तल्लो भेगमा बन्यजन्तु झर्ने, चिसोमा बढि मात्रामा बन्यजन्तुलाइ बन्दुक, पासो र कुकुरको प्रयोग गरेर मार्न गरेको पाईएको छ । शिकार गर्न हिमँपातका बेला सजिलो हुने भएको र चोरी शिकारी हुने गुनासो आएपछि प्रहरीले हिमाली क्षेत्रमा गस्ति बढाएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराले बडिमालिका, बुढिन्नदा, दहकोट, मनाकोट र हिमाली गाँउपालिका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको छ । बन्यजन्तुको सम्भाबित बासस्थान र चोरी शिकारी हुने क्षेत्रमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख डिएसपि उद्धब सिं भाटले वताएका छन् । चोरि शिकारी हुन सक्ने सम्भाबना र अर्को जोखिममा परेको बन्यजन्तुको उद्धारका लागि प्रहरीको गस्ती बढाएको उनले वताए ।

लेकाली भेगमा हिमपात भए संगै चिसो बढेपछि जंगली जनावर र पंक्षीको चोरी शिकार तिव्ररुपमा हुन थालेको छ । हिउंमा फसेका मृग लगायत जनावर र चिसोले औल तिर झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले हिमपात पछि हिमाली क्षेत्रका बासिन्दाहरु हुल बांधेर शिकार खेल्न जाने गर्दछन । धेरै जसो गाविसमा बन्दुक, भाला, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुर सहित मानिसहरु रतुवा, घोरल, झालर, थार, बंदेल लगायत जंगली जनावर र डांफे, कालिज लगायत पंछिहरुको समुहमा शिकार गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

भोटेकोसी बाढीबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu