ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि चोक–चोकका बोर्ड हटाउन ४ कार्यदल परिचालित


एबीसी न्यूज
११ पुस २०७६, शुक्रबार   ११ : ३८   बजे

काठमाडौं ,  ११ पुस  । काठमाडौं शहरका चोक–चोकमा रहेका होर्डिड बोर्ड आजदेखि हटाइने भएको छ । होर्डिङ बोर्ड हटाउन सरकारले ४ कार्यदल बनाएको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मेयर विद्यासुन्दर शाक्यसहित बिहीबार बसेको बैठकले कार्यदल बनाएको हो ।

महानगर संयोजक रहने गरी बनाइएको कार्यदलमा जिल्ला प्रशासन, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण र नेपाल टेलिकमको प्रतिनिधि राखिएको छ । कार्यदल बोर्ड हटाउन शुक्रबारदेखि नै परिचालित हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले शहरको सौन्दर्य बढाउनका लागि होर्डिङ बोर्ड हटाउन तत्कालै शुरु गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।

काठमाडौंका होर्डिङ बोर्ड हटाउन ४ वर्षअघि सर्वोच्च अदालतले समेत आदेश दिएको थियो । २ ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन आदेश दिएको हो । महानगर क्षेत्रमा रहेका व्यवसायिक होडिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ । आदेश लामो समयसम्म कार्यान्वयन नभएपछि सर्वोच्चमा महानगरविरुद्ध अवहेलनाको मुद्दा समेत दायर भएको थियो ।

अवहेलना मुद्दा दायर भएपछि महानगरले होर्डिङ बोर्ड हटाउन सक्रियता देखाएको हो । महानगरले २ साताअघि ७ दिने अल्टिमेटम दिदै बोर्ड सम्बन्धित सबैलाई निर्देशन दिएको थियो । त्यसको २ सातापछि गृहमन्त्रालयमा भएको छलफलले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group