ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धारित समय भित्र फुटबल मैदान सम्पन्न गर्न मुख्यमन्त्री पौडेलको निर्देशन


admin
११ पुस २०७६, शुक्रबार   ४ : ०३   बजे

 

मकवानपुर,११ पुस । मकवानपुरको हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । आधुनिक र सुविधासम्पन्न सो अन्तरराष्ट्रियस्तरको आधुनिक फुटबल मैदानको अगामी फागुनसम्म निर्माण सम्पन्न हुने खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा निर्माणाधीन सो खेदमैदानको सम्याउने, विभिन्न चरणमा मिलाउने तथा पानी नजम्ने प्रविधिका लागि निकासका साधनहरु जडान गरी मिलाउने कार्य जारी रहेको छ । प्रदेश सरकारले मकवापुरको हेटौँडा र सिन्धुपाल्चोकमा समेत फुटबल मैदान निर्माण गरिरहेको र दुवैको अन्तिम चरणमा रहेको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ खेल क्षेत्रको विकास गर्न सक्ने हो भने देशले आर्थिक लाभ लिनसक्छ । ।” मुख्यमन्त्री पौडेलले खेलक्षेत्रका पूर्वाधारहरुको विकास गरेर ठूला अन्तरराष्ट्रिय प्रतियोगिता गर्ने हो भने खेल पर्यटन वृद्धि हुने र अर्थिक वृद्धिदर हुने वताउनुभयो । रासससँग कुरा गर्दै उहाँले काममा हुने ढिलाइ कुनै पनि शर्तमा सह्य नहुने बताउनुभयो । मुख्यमन्त्री पौडेलले यही वर्षभित्र आधुनिक प्रविधियुक्त उत्कृष्ट फुटबल मैदान, अन्तरराष्ट्रिय प्रतियोगिता गर्न मिल्ने खालको भलिबल कोर्टसहितको कभर्डहल र एक वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्नेगरी काम गरिरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले हेटौँडामा रहेको गौरीटार रङ्गशालामा फुटबल मैदान र कभर्डहलको निर्माणकार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै सोही स्थानमा आगामी वर्षभित्र क्रिकेट मैदानको निर्माणकार्यसमेत सकिने र फुटबल मैदानको प्यारापिट निर्माणकार्यसमेत तत्काल शुरु गरिने बताउनुभयो । “हाम्रो कार्यकालभित्र सबैखालका प्रतियोगिता आयोजना गर्न मिल्ने अन्तरराष्ट्रियस्तरका रङ्गशाला निर्माण हुन्छन्, प्रदेशका सबै जिल्लामा व्यवस्थित खेल मैदानहरु बन्छन्, स्थानीय तहहरुमा पनि खेलमैदान निर्माणकार्यलाई प्राथमिकता दिइन्छ ” उहाँले भन्नुभयो ।

२३ बिघा जमीनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त आवासको निर्माण पनि भइसकेको छ । प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

भोटेकोसी बाढीबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu